२०७७, १५ आश्विन बिहीबार

प्रथम नुवाकोट अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

डबली खबर     माघ २४ २०७४ २०:४२



नुवाकोट । बसिबियाँलो नुवाकोटले आयोजना गरेको चार दिने अन्तर्राष्ट्रिय चित्रकला कार्यशला सम्पन भएको छ । कार्यशालाको अन्तिम दिन बुधवार बट्टारको हावाघरमा क्यानभास चित्रकला प्रर्दशनी गरिएको हो ।

कार्यशालामा स्लोभेनिया र नेपालका २३ जना चित्रकारहरुको सहभागिता रहेको थियो । नुवाकोटको विभिन्न स्थान भ्रमण गरेर चित्रकार टोलीले जिल्लाको जनजीवन, पर्यटन, प्राकृतिक र ऐतिहासिक पक्षलाई चित्रमा उतारेका थिए ।

स्लोभेनियाका ६ जना, काठमाडौंका १० जना, नुवाकोट र रसुवाका चित्रकारहरुको कार्याशालामा सहभागिता रहेको थियो । उनीहरुले दुई दिनसम्म कोरेको ४१ क्यानभासहरुलाई सार्वजनिक स्थानमा प्रर्दशनी गरेको थियो ।

हावाघरस्थित मुल सडकको किनारामा गरिएको चित्रकला प्रर्दशनी अवलोकनका लागि विभिन्न क्याम्पस, विद्यार्थी, शिक्षक, कला संस्कृतिमा रुची राख्ने नागरिकहरुको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय चित्रकला कार्याशाला समापन तथा चित्रकला प्रर्दशनी कार्यक्रममा प्रमुख अतिथि नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले यस कार्यशालाले नुवाकोटलाई संसारभरी नै फैलाउन मद्दत गरेको बताए । चित्रकला र कलाकारिता पेशा मात्रै नभई व्यवसाय समेत रहेको र संघले यसलाई निजी क्षेत्रको व्यवसायको रुपमा ग्रहण गर्ने उहाँले बताए ।

चित्रकला प्रर्दशनी अवलोकन गर्न पुगेका विद्यार्थीहरुले नुवाकोट जिल्लामा पनि संसारलाई देखाउन मिल्ने चिजहरु रहेको जानकारी पाएको प्रतिकृया दिए । उनीहरुले उक्त प्रर्दशनीले आफुलाई शैक्षिक ज्ञानको साथमा कला, संस्कृति प्रति मोह जागेको बताएका छन् ।

नुवाकोट जिल्ला कला, साहित्य र संस्कृतिमा धनी रहेको र यसको पहिचान र प्रचारका लागि आफुहरु लागिपरेको बसिबियाँलो नुवाकोटका अभियन्ता हरिकृष्ण श्रेष्ठले बताए । नुवाकोट जिल्लामा लुकेर रहेको ऐतिहासिक तथा साँस्कृतिक पाटोलाई यो कार्यशालाले अगाडी ल्याएको श्रेष्ठले बताए ।

स्वदेशी तथा विदेशी चित्रकारहरुले तयार पारेको क्यानभासलाई करिब १ हजार दर्शकहरुले अवलोकन गरेको आयोजक संस्थाका ध्रुवकुमार रावलले जानकारी दिए ।

बसिबियाँलो नुवाकोटले चित्रकला प्रर्दशनीको फेसबुक लाईभ गरेको थियो ।

Image may contain: 1 person, outdoor

Image may contain: one or more people and outdoor

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top