२०७७, १३ आश्विन मंगलवार

प्रधानमन्त्रीलाई २० कित्ता सेयर

डबली खबर     चैत्र १४ २०७५ २१:२१



Trishuli 3 B Hydropower Share Allotment to PM Oli Nepal

विदुर / नुवाकोटको किस्पाङस्थित मनकामनामा विद्युत गृह निर्माण हुने माथिल्लो त्रिशूली थ्रिवी (त्रिशूली जलविद्युत कम्पनीे ) को सेयर प्रधानमन्त्री केपी ओलीलाई २० कित्ता परेको छ ।

नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युतको शेयरधनी’ नाराका साथ प्रधानमन्त्रीले दश हजार कित्ता माग गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए । प्रधानमन्त्री ओलीले १० हजार कित्ता मागेपनि उनले २० कित्ता मात्रै सेयर प्राप्त गरेका छन् ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार ५० हजार २६७ जनालाई जनही ३० कित्ता र एक लाख ५४ हजार ५५९ लाई भने २० कित्ता शेयर परेको छ । त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख पाँच हजार कित्ता शेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो ।

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १९ वटा आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमको पहिलो आयोजनाको रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री बी आयोजना छनोट गरिएको हो ।

कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा हाल त्यसको १० प्रतिशत हुन आउने रु १० मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । बाँकी रकम भने आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि तिर्नुपर्ने व्यवस्था रहेको छ । अग्रिमरूपमा लगानी गरिएको रकमको समेत सरकारले ब्याज उपलब्ध गराउने जनाएको छ ।

आयोजना निर्माणमा रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण गरिएको छ ।

आईपीओ / एफपीओ साझेदारी आवृत्ति जाँच

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top