२०७७, १४ आश्विन बुधबार

एशियन लाईफ इन्स्योरेन्स खरानीटारमा

डबली खबर     पुष २५ २०७५ १८:०३



asian life insurance nuwakot kharanitar narayan prasad pandey

तादी, नुवाकोट / एशियन लाईफ ईन्स्योरेन्सको तादी गाउँपालिका-३, खरानीटारमा उपशाखा संचालनमा आएको छ ।

शाखाको उद्घाटन गर्दै गाउँपालिका प्रमुख नारायणप्रसाद पाण्डेले गाउँगाउँमा जीवन बीमाको जनचेतना बढाउन र मानिसहरुमा बचत र आर्थिक सुरक्षाको लागी बीमा अनिवार्य भएको धारणा व्यक्त गर्नुभयो । बिमा सचेतना कमि भएकोले आगामी दिनमा इन्स्योरेन्सले यस क्षेत्रका मानिसहरुलाई चेतनासहित बीमामा सहभागी गराउने विश्वास व्यक्त गर्नुभयो ।

नुवाकोटका शाखा प्रबन्धक चिरञ्जीवी अधिकारीले चुस्त तथा द्रुत बीमा सेवा प्रदान गर्नको लागि उपशाखाको स्थापना गरिएको र बीमासम्बन्धी सम्पूर्ण सेवा कार्यालयमार्फत् लिन सकिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top