२०७७, १३ आश्विन मंगलवार

लकडाउन समस्यामा रहेका पीडितलाई अर्जुनकुमारले चित्र बेचेर सघाउने

डबली खबर     बैशाख २४ २०७७ १४:०४



arjun kumar art nuwakot chapali height

विदुर – चपली हाईट जस्ता सुपरहिट तथा नेपालको पहिलो थ्रीडी चलचित्रका निर्माता एवम् कलाकार अर्जुन कुमार, लकडाउनको समयमा आफ्नो जीवनको खुट्किलो मानिने चित्रकलामा व्यस्त छन्।

धेरथोरैलाई मात्र थाहा छ फिल्म निर्माता अर्जुनकुमार गायक र संगीतकारका साथमा कुशल चित्रकार पनि हुन्। उनले लकडाउनको समयलाई सदुपयोग गरि आप्नो चित्रकलालाई फेरि अगाडि बढाएका छन्। उनले यस बीचमा विभिन्न किसिमका ३४ वटा क्यानभास चित्र तयार पारेका छन्।

ललितकला क्याम्पसमा फाइन आर्ट पढेका उनले बनाएको चित्रलाई बिक्रीमा राखेका छन् । उनले बनाएका चित्रलाई जोसुकैले खरिद गर्न सक्नेछ भने यसको मुल्य अहिले नतोकिएको अर्जुनकुमारले बताए ।

उनले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न आफूले कोरेका चित्र बिक्री गर्न लागेका हुन्। चित्रकलाको बिक्रीबाट संकलन हुने सम्पूर्ण रकमले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने अर्जुनकुमारले बताएका छन् ।

को हुन् अर्जुन कुमार

उनको पुरा नाम अर्जुन कुमार डङ्गोल हो । उनको जन्म वि.सं. २०२७ साल साउन १२ गते नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टार भएको हो। जिल्लामा रहदाँ कुशल चित्रकार, कलाकार, व्यवसायिक प्रबर्द्धनका विज्ञापनमा आफ्नो कला, कौशलमा पोख्त थिए ।

अहिले उनको परिचय बदलिएको छ। नेपाली चलचित्र क्षेत्रमा एक सफल निर्माता तथा कलाकारको रुपमा स्थापित भैइसकेको छ । त्यस्तै उनी कुशल गायक र संगीतकारकार पनि हुन्।

उनको “रोजे तिमीलाई”, “हृदय”, “प्यासन”, “क्यालिबर” सांगीतिक एल्बमहरु बजारमा छन् । ०६६ सालमा  सार्वजनिक भएको “रमाईलो छ यो साँझ, जब तिमी आयो आज…” ले उनलाई स्थापित बनाएको थियो।

“द युग देखि युगसम्म” मा आफ्नो संगीत दिएर नेपाली चलचित्रको करियर सुरुवात गरेका थिए भने अहिलेसम्म उनको ब्यानरमा “चपली हाईट”, “फिटकिरी”, “चपली हाईट २”, “फाटेको जुत्ता” र “चपली हाईट ३” निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top