२०७७, ६ आश्विन मंगलवार

“आजदेखि साथी मैले” मार्फत् वरिष्ठ संगीतकार लक्ष्मण शेषको पुनरागमन (भिडियोसहित)

डबली खबर     कार्तिक १४ २०७५ १६:०८



गायक तथा संगीतकार लक्ष्मण शेषको स्वर  र संगीतकार चक्रपाणि तिमल्सिनाको संगीत रहेको ‘आजदेखि साथी मैले’ बोलको गीत अडियो/भिडियो  सार्वजनिक भएको छ ।

संगीतकार तिमल्सिनाले साथी कै नाताले यस गीत गाउन आग्रहमा एक दशकपछि गायन क्षेत्रमा पुनरागमन हुन पुगेको बरिष्ठ संगीतकार लक्ष्मण शेष बताउँछन् ।

गीतकार उमेशचन्द्र घिमिरेको शब्द रहेको छ । म्युजिक भिडियोको निर्देशन जीवन भट्टराईले गरेका छन् । क्यामरामा मनोज महर्जन, मेकअपमा शम्शेर लामा रहेका छन् भने भिडियो सम्पादन किशोर खनालले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top