२०७७, १२ आश्विन सोमबार

दिपक ढकालको दशैं म्युजिक भिडियो सार्वजनिक

डबली खबर     आश्विन १८ २०७५ ११:१४



dashain song nepali

विदुर / दिपक ढकाल र कुमार ढुङ्गानाको प्रस्तुती रहेको “दशैंमा लिङ्गे पिङ सरर” गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटल प्रा.लि को युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

गीतमा दिपक ढकाल, कुमार ढुङ्गाना र पार्वती कार्कीको स्वर रहेको छ । नेपाली संगितमा लामो समय अनुभव भोगेका कलाकार माधव भण्डारीको लय तथा शब्द रहेको छ । ज्योती फिल्मसको प्रोडक्सनमा उत्पादन तथा निर्माण भएको म्युजिक भिडियोमा निरन श्रेष्ठ र लिला गिरीको अभिनय रहेको छ । शुक्र लामाको निर्देशनमा तयार भएको म्युजिक भिडियोको छायाङ्कन मरुभुमी नारायणले गरेका छन् भने रोशन धितालले सम्पादन रहेको छ ।

गायक ढकालको यसभन्दा अगाडी “ढल्कि जाला अल्लारे जोवन”, “रानीपौवा त्रिशुली ककनी”, “दाजु मरे अफगानिस्थानैमा” लगायतका गीतहरु चर्चामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top