२०७७, १४ आश्विन बुधबार

‘संसार फेर्ने’ भिडिओ ल्याएर आईन प्रियंका कार्की

डबली खबर     श्रावण ९ २०७७ १६:०३



Sansar Ferne Screenshot priyanka karki

अमेरिकामा रहेर निरन्तर गीत संगीतमा क्रियाशील रहेकी गायिका रानी शाक्यले आफ्नो बिल्कुलै नयाँ थिम्याटिक भर्सनको गीत ‘संसार फेर्ने’ सार्वजनिक गरेकी छिन्।

सामाजिक सन्देशको बोकेको यस गीतमा ‘संसार फेर्न पहिला आफुलाई फेर्नु पर्ने, कामले नै मान्छेलाई खोजे जस्तो नाम दिने, जीवन संघर्ष हो डटेर लड्नुपर्छ भन्ने संदेश दिन खोजिएको छ।  गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द अरुण तिवारीको रहेको छ।  दिपक शर्माले संगीतवद्द गरेको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन्।  

जीवन शाहीको निर्देशनमा तयार भएको  म्युजिक भिडिओमा मुख्य भूमिकामा चर्चित नायिका प्रियंका कार्कीले अभियन गरेकी छिन् भने राजु गिरी, रश्मी श्रेष्ठ र इन्द्र दोङ्ग लामा सहायक भूमिकामा देखिएका  छन्।

उत्सव दाहालले छायांकन गरेको भिडिओलाई नविन निरौलाले सम्पादन गरेका हुन्।  गायिका शाक्यको अफ़िसिएल युटुब च्यानल रानी शाक्यमार्फत भिडिओ सार्वजनिक भएको हो।

भिडिओ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top