२०७७, १५ आश्विन बिहीबार

नुवाकोट युवा क्लबमा सरोज

डबली खबर     श्रावण ३ २०७७ १४:३८



elected members of nuwakot yuwa club bidur trishuli

विदुर, नुवाकोट – विदुर नगरपालिका वडा नम्बर २ नुवाकोटमा आफ्नो कार्य क्षेत्र बनाउदै आएको नुवाकोट युवा क्लबको अध्यक्षमा सरोज डंगोल सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न क्लबको ३७ औं वार्षिक साधारणसभाबाट डंगोलको संयोजकत्वमा ११ सदस्यीय चयन भएको छ ।

क्लबको नव गठित कार्यसमितिको उपाध्यक्षमा कपिलमान सिंह डङ्गोल, सचिवमा सुसन श्रेष्ठ, सहसचिवमा सुवेशमान सिंह डङ्गोल र कोषाध्यक्षमा रविन डङ्गोल रहेका छन् ।

यस्तै, सदस्यहरुमा राम बुढाथोकी, धिरज पाण्डे, नविन बानियाँ, सपथराज श्रेष्ठ र शैलेश थापा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top