२०७७, ८ मंसिर सोमबार
Bachchhaladevi Suppliers

‘निष्ठावान मान्छे राजनीतिक दलभित्र अटाउँदैनन्’: मुकुन्दराज सिटौला

डबली खबर     बैशाख १० २०७७ १७:१०



advertisement space

mukunda sitaula nuwakot chairma district coordination committee trishuli web

२०४९ सालका जिल्ला विकास समितिका सभापति बनेका मुकुन्दराज सिटौला अहिले गुमनाम जस्तै छन् । त्यतिबेला नेपाली काँग्रेसमा सक्रिय राजनीतिमा लागेका उनी लप्पन छप्पन नगरेकै कारण राजनीतिकमा टिक्न नसकेको बताउँछन् ।

पाँच कक्षासम्म काठमाडौंको विजय मेमोरियल स्कुल बढेका सिटौलाले वीचमै सो स्कुल छाड्नुपर्ने बाध्यता आइपर्‍यो । त्यहाँ अन्याय विरुद्ध लड्दा आफूले अपमान सहनु परेपछि उनले सो स्कुल छाडेका हुन् । त्यतिबेलाको घटना सम्झँदै सिटौला भन्छन्– ‘एउटा आँखा नदेख्नेले चारपाथी जाने ढ्वाङ र नाङ्लोमा पसल लिएर आउँथ्यो । त्यो ढ्वाङभित्र रहेका सामान नाङ्लोमा फिजाएर विक्री गर्ने ती वृद्धको दैनिकी थियो । केही फटाहा खालका विद्यार्थीहरुले ती वृद्धको सामान चोरेर खाने गरेको देखेपछि मैले केही चीजले त्यो विद्यार्थीलाई हानिदिएँ । मैले हानेपछि चोट लाग्यो । त्यसपछि स्कुलका हेडसर लिलामान सिंहले बाँसको भाटोले मेरो जिउभरी सुम्ला नै सुम्ला उठ्ने गरी कुटे । त्यसपछि म पाँच, ६ दिन उठ्न नसक्ने गरी विरामी भए । अन्ततः मैले सो विद्यालय छाडें।

त्यतिबेला पैसाको महत्व ठूलो थियो । पाँच पैसाले पनि ठूलै काम हुन्थ्यो । डेरा लिएर बस्ने गर्दथ्येँ । पढ्नको लागि आमाले खर्च दिनुहुन्थ्यो । भाइहरु तीन जना पनि काठमाडौंमै लगेर पढाए । उद्धव अहिले अमेरिकातिर छ । कान्छो भाई काठमाडौं सामाखुशीमा अग्लो घर बनाएर बसेको छ ।

बच्चामा म अलि स्पीड हाईको थिएँ । आमाले सानोमा मज्जाले सेकताप गरेर हुर्काउनु भयो । बाले पनि पढोस् भनेर आफूले दुःख गरेर पढाउनुभयो । पछि म हुर्किएपछि भाई बहिनीलाई पनि पढाउनुपर्छ भनेर सबैलाई पढाउन काठमाडौं लगेँ ।

रानी पढेको स्कूल भएकाले त्यो स्कुल पहिलो भएको हो । त्यसपछि मलाई ठीक लागेन । मलाई दुःखी बनायो, चित्त दुख्यो त्यसैले मैले खेलकुद छाडें ।

मेरो खेलकुदप्रति अलि बढी रुची भयो । फुटवल, भलिबल खेल्थ्येँ । विभिन्न प्रतियोगिताहरुमा जाने गर्दथ्येँ । बलदेव महत म सँगै पढ्ने साथी थिए । यहाँ एक पटक जर्नेल पनि भएर आएका थिए । रामकृष्ण थापासहित राणाका छोराछोरीहरु थुप्रै साथी थिए । प्रधानसेनापति भइसकेका गौरव शम्मेर जवरा पनि सँगै पढेका हुन् । एसएलसीपछि मैले आरआर क्याम्पसमा गएर पढेँ । आरआरपछि त्रिचन्द कलेजमा गएर पढेँ । त्यहाँ गएपछि साँस्कृतिक कार्यक्रम गराउनको लागि जयनन्द लामा, खिलबहादुर हरिवंश आचार्य लगायतका साथीहरुलाई लिएर एकेडेमीको काम गर्न थाल्यौँ, नाटक सांस्कृतिक कार्यक्रमहरु देखाउन थाल्यौँ । त्यतिबेला हामीले किङ शो पनि राखेका थियौँ । त्यतिबेला राजा आएनन् । रानी ऐश्वर्या राज्यलक्ष्मी चाँही आइन् । प्रतियोगितात्मक रुपमा अघि बढेको यो प्रहशनमा हामी पहिलो हुनुपर्थ्यो । ऐश्वर्या पहिले पढेको स्कूल भएकाले अर्को स्कूललाई पहिलो बनाएर हामीलाई दोस्रोमा सीमित बनाइयो । रानी पढेको स्कूल भएकाले त्यो स्कुल पहिलो भएको हो । त्यसपछि मलाई ठीक लागेन । मलाई दुःखी बनायो, चित्त दुख्यो त्यसैले मैले खेलकुद छाडें । केदार केसीसहित हामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा लड्यौँ । हामीले निर्वाचन हार्‍यौँ । त्यो निर्वाचन कम्युनिष्टहरुले जिते । रहँदा बस्दा भाइहरुलाई छाडेर म सहरबाट गाउँतिर आएँ । एउटा अचम्मको जग्गा डेरामा बस्दाबस्दै चितवनतिरको पाण्डेले खाना खाने क्रममा खेर गएको जग्गा भनेर तलाईं काम लाग्छ भन्यो । चौर जग्गा मालपोत तिरेको छ भन्यो । मुरलीटारको जग्गा किनेर हामी त्यहाँ आएर बस्यौँ । अहिले त्यो जग्गामा ६६ पिल्लर भएको कोल्डस्टोर सञ्चालनमा छ । कोल्डस्टोर भन्दा माथि हरिकृष्ण महर्जन भन्ने मान्छेले इट्टा उद्योग सञ्चालन भइरहेको छ । अहिले म त्यो जग्गा सबै भाडामा लगाएर विदुरमा आएर सानो छाप्रो बनाएर बसको छु ।

हामी सिटौलाहरु पहिलेको घर भद्रुटार हो । कुमाउतिरबाट हामी आएका हौँ । पुर्खा नै थाह नभएकाले हामीहरुको हजुरबुबासम्मले तिथि तर्पण केही पनि गरेनन् । पृथ्वीनारायण शाहले हामीलाई सल्लाहकारको रुपमा लेराएका रहेछन् ।

भाइ भतिजावाद र परिवारवादमा नेपाली काँग्रेस नुवाकोटको राजनीति अल्झिन थालेपछि मलाई वितृष्णा उत्पन्न भयो । मलाई एक्लो वृहष्पति झुटो जस्तो लाग्यो, म एउटाले गरेर केही हुन्न भन्ने भावना आयो ।

अहिले म राजनीतिक गतिविधिमा संस्थागत नभएको परादर्शीता नभएको पारदर्शिता र जवाफदेहीतालाई राजनीतिक दलहरुले हलको गोरु बनाएर नार्ने टिम नपाएको कारणले मैले राजनीति छाडेँ । २०४९ सालमा सभापति भएपछि मैले राजनीतिक गतिविधिमा सक्रिय भएको छैन ।
नेपाली काँग्रेसले रामशरण महतलाई झिकाएर चुनाव लडायो । त्यो पनि काम लागेन मेरो लागि। डा. महतलाई मैले ठूलो मान्छे सोचेको थिएँ । तर, मेरो नजरमा त्यस्तो लागेन । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेलामा बद्रीराम भण्डारी, रामेश्वर उपाध्याय लगायतका सबै साथीहरुलाई लिएर गएँ । यतिबेला भट्टराईले शनिवार भेट्न आएको भनेर गाली पनि गरेँ । भाइ भतिजावाद र परिवारवादमा नेपाली काँग्रेस नुवाकोटको राजनीति अल्झिन थालेपछि मलाई वितृष्णा उत्पन्न भयो । मलाई एक्लो वृहष्पति झुटो जस्तो लाग्यो, म एउटाले गरेर केही हुन्न भन्ने भावना आयो । राजनीतिलाई वहाना बनाएर कमाउने धन्धा गर्न थालेपछि मलाई काँग्रेस भनेर हिँड्ने साथी र नेताहरुसँग हिँड्न मन लागेन । राजनीति संस्थागत विकास भएर आएपछि हामी सार्वभौम सत्ता नागरिक हामी बाहिर बस्दा चोखो रहन्छौँ । त्यहाँ जाँदा पुरुसार्थ पनि मर्दो रहेछ । वेमाइनीहरुको जन्म हुँदो रहेछ । सबै भन्दा फोहोरी र घिन लाग्दो राजनीति अहिले नेपालमै होला सायद । म फस्टेड मान्छे हूँ । यसो भन्दैमा म बहुलाएर हिँडेको पनि छैन । तर, नेताहरुसँग जानआउन भने मैले छाडेँ ।

जिल्ला सभापति हुने बेलामा पनि म तेस्रो व्यक्ति हुँ । रामशरण महत, विष्णु आचार्य, अर्जुननरसिंह केसी र ध्रुव अधिकारी टिकटमा दावेदार थिए । उहाँहरुको लडाईं चर्किएपछि म बीचबाट छिरेको हुँ । मेरो बायोडाटाको आधारमा म समानको मान्छेहरु माननीय भइसकेका थिए । त्यसैले पनि प्रेसर पर्‍यो होला कृष्णप्रसाद भट्टराई (किशुनजी) को पक्षबाट मैले टिकट पाएँ । हाम्रो भोट धेरै थिएन । हामीसँग २७१ मत हुँदा ३८१ मतसँग चुनाव लड्नुपर्ने बाध्यता थियो । तर, मलाई सजिलो नै भयो । मैले दुई तीन वटा काम पनि गरेँ । श्रीकृष्ण उपाध्याय, पुरुषोत्तम गोर्खाली म कहाँ आउनुभयो । उहाँहरु नेपालको कृषि विशेषज्ञ मात्र नभएर ठूलो योजनाकार पनि हुनुहुन्थ्यो । उहाँहरु मुकुन्दजीको कृषि हेर्न जाने भनेर आउनु भएछ ।

राजनीति गर्नेले दुई वटा भाषा बोल्नुपर्छ भन्छन् । मैले दुई भाषा बोल्न जानेको छैन ।

मैले नेताहरुमा मान्ने भनेको कृष्णप्रसाद भट्टराई, विपि कोइराला, गणेशमान सिंह, समकालीन साथीहरुमा प्रदिन गिरीलाई म मान्दछु । त्यो बाहेकका नेताहरुलाई म मान्दिन । दमननाथ ढुंगानाले पनि पार्टी छाडेर हिँडे, मैले पनि छाडेर हिँडे । पार्टी संस्थागत नभएपछि जहिले विभिन्न वहानाबाजी गरेर देश र पार्टी विगार्ने खालको भूमिका धेरै भएपछि हामी पार्टीमा अटाएनौँ । चित्त धेरै दुःखेको छ । सामान्य पुरुषार्थ गरेर खान मन पराउने मान्छे, कमाउ धन्धामा लागिन । विदुरमा पनि म अहिले तरकार खेती नै गरेर बसेको छु । करेसाबारी राम्रो बनाएको छु । राजनीति गर्नेले दुई वटा भाषा बोल्नुपर्छ भन्छन् । मैले दुई भाषा बोल्न जानेको छैन । अनि दुई भाषा बोलेपछि त्यो भाषाले कस्तो असर गर्छ भन्ने मैले बुझेको छु । किनभने मलाई माधवप्रसाद ढकाल सरले नेपाली पढाउनु भएको हो । केही गरेर जीवन कटाउने हो । यसमै म सन्तुष्ट छु ।

(सिटौलासँग कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top