२०७७, १२ माघ सोमबार
Bachchhaladevi Suppliers

स्वाब संकलन बुथ हस्तान्तरण

डबली खबर     बैशाख १० २०७७ ०६:२९


Trishuli Web Design Services in Nuwakot
swab collection booth handover trishuli hospital

विदुर – विश्वभर फैलिरहेको कोरोनाभाइरसका सम्भावित संक्रमितहरुको परीक्षणका लागि थ्रोट स्वाब लिनका लागि नेपाल इञ्जिनियर्स एशोसिएसन बागमती प्रदेशले स्वाब संकलन बुथ जिल्ला अस्पतला त्रिशुलीलाई उपलब्ध गराएको छ ।

नेकपा नुवाकोट अध्यक्ष एवं बागमती प्रदेशका सांसद हिरानाथ खतिवडामार्फत् अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रेमकुमार राईलाई पिपिई बुथ हस्तान्तरण गरिएको एशोसिएसनका सदस्य अनिल नेपालले जानकारी दिए ।

कोरोना परीक्षणका लागि स्वाब संकलन सहज र सुरक्षित बनाउन अस्पताल लगायत सिन्धुपाल्चोक, काभ्रे र रामेछापका अस्पताललाई पहिलो चरण अन्तर्गत उक्त बुथ उपलब्ध गराएको एशोसिएसनले जनाएको छ । दोस्रो चरणका लागि आजै देखि ६ वटा बुथ निर्माणको काम सुरु भएको छ भने बुथ निर्माणको लागि आवश्यक आर्थिक सहयोग दाताहरुले नेपाल क्रेडिट तथा कमर्स बैंक लि, कुपण्डोल शाखामा रहेको नेपाल ईन्जिनियर्स एशोसिएसन (Nepal Engineers’ Associations) को खाता नम्बर 0220000206401 मा सहयोग गर्न सकिने छ ।

राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंले उपलब्ध गराएको डिजाइनमा बुथ बनाइएको एशोसिएसनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top