२०७७, १० आश्विन शनिबार

लिखु गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

डबली खबर     बैशाख ८ २०७७ २१:२७



health materials donate purna lal shrestha likhu rural municipality chairman

विदुर – कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न नेकपा नेता तथा समाजसेवीहरुले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । सोमबार नुवाकोटको लिखु गाउँपालिकामा रहेको स्वास्थ्यकर्मी आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

नेकपा जिल्ला सदस्य पूर्णलाल श्रेष्ठ, प्रदिपप्रसाद पाठक (सुमन) र जिल्ला सदस्य केसर सेनचुरिले उक्त स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

कोरोनाविरुद्ध लड्न सहयोग गरिएका स्वास्थ्य सामग्रीमा पिपिई ५ सेट,  सर्जिकल मास्क ६००, मेडिकल पञ्जा १००, स्यानीटाईजर ७ लिटर र १३० वटा भाइजर स्वास्थ्य सामग्री पालिका अध्यक्ष ध्रुव श्रेष्ठलाई हस्तान्तरण गरेको नेता पूर्णलाल श्रेष्ठले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top