विदुर – काेराेना संक्रमितकाे परिक्षण तथा स्वाब संकलन सहज गर्न जिल्ला अस्पताललाई पीपीई बुथ सहयोग प्राप्त भएको छ ।
केनान्स युपिभिसी फेब्रिकेशन प्रालि काठमाडौंले तयार गरि सहयोग स्वरुप पठाएको पीपीई बुथ विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितमार्फत् अस्पतालका मेडिकल सुपरिटेन्डन रेमकुमार राईलाई हस्तान्तरण गरिएको छ ।
संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने भएकाले स्वास्थ्यकर्मीहरुमा यसको जोखिम बढी भएकोले उक्त बुथ हस्तान्तरण गरेको कम्पनिका प्रमुख उनिल श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो पीपीई बुथमा वाटर प्रूफ, एयर फ्रुफ र राम्रो गुणस्तरको आल्मुनियम प्रयोग गरिएको छ।
नुवाकोट सराेकार समाजकाे पहलमा उक्त पिपि बुथ तयार गरि नुवाकोट अस्पतालमा पठाईएकाे समाजका महासचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए। उक्त बुथको प्रयोगबाट काेराेना संक्रमणकाे आशंका गरिएका व्यक्तिहरुकाे स्वास्थ्य परिक्षण गर्न र स्वाब संकलन गर्न सहज हुनुकाे साथै व्यक्तिगत सुरक्षण सामाग्री (पिपिई) काे खपत समेत कम हुने समाजका महासचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए।
यसअघि श्रेष्ठकै पहलमा पिपिई सेट र एनआईसियुका सामाग्रीहरु उपलब्ध भएको थियाे।
प्रतिक्रिया