२०७७, १२ माघ सोमबार
Bachchhaladevi Suppliers

कल्याणपुरमा स्वास्थ्य प्रयोगशाला

डबली खबर     मंसिर ३० २०७७ १३:४८


Trishuli Web Design Services in Nuwakot
bidur kalyanpur healh post lab operate

कल्याणपुर, नुवाकोट – विदुर नगरपालिकाको वडा नम्बर १३ स्थित कल्याणपुर स्वास्थ्य चौकीमा सोमबारदेखि प्रयोगशाला सञ्चालनमा आएको छ ।

प्रयोगशाला उद्घाटन समारोहलाई सम्वोधन गर्दै नगर प्रमुख सञ्जु पण्डितले गाउँमा नै सर्वसूलभ रुपमा स्वास्थ्य सेवा पुराउने उद्देश्य अनुरुप र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए । स्वास्थ्य चौकीमा प्रयोगशालाबाट गेर्खु, चारघरे र वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीले सुविधा लिन सकिने बताए ।

स्वास्थ्य प्रयोगशाला सञ्चालनको लागि आवश्यक कर्मचारी र सामाग्री सम्बन्धित स्वास्थ्य चौकीमा पुर्‍याइसकिएको नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक रामराजा भण्डारीले बताए । उनका अनुसार एक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनाको लागि कर्मचारी बाहेक नौं लाख रुपैयाँ खर्च लाग्ने छ । त्रिशुली अस्पतालबाट उपलब्ध हुने अधिकांश सेवाहरु उक्त प्रयोगशालाबाट पाइने र नेपाल सरकारले निःशुल्क गरेको स्वास्थ्य सेवा बाहेकका औषधोपचार गर्न परेमा २५ प्रतिशतसम्मको छुट रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top