२०७७, १४ मंसिर आईतवार


Bachchhaladevi Suppliers

स्वास्थ्यकर्मी स्मारिका विमोचित

डबली खबर     कार्तिक २७ २०७७ २०:४९


Trishuli Web Design Services in Nuwakot
Healthcare The Voice of Professional book published in nuwakot

विदुर, नुवाकोट – नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति नुवाकोटको प्रकाशन रहेको “स्वास्थ्यकर्मी द भ्वाइस अफ प्रोफेशनल” स्मारिका विमोचित भएको छ ।

आज सदरमुकाम विदुरमा नेपाली काँग्रेसको जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसिले उक्त स्मारिका विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सभापति केसीले कोरोना कहरको उच्च जोखिममा रहेर पनि स्वास्थ्यकर्मीहरुले प्रत्यक्ष रुपमा बिरामीको उपचारमा खटिरहेको अवस्था आफ्नो दायित्व पुरा गरेतापनि सरकारले स्वस्थ्यकर्मीको महत्त्व नबुझेको बताएका छन् ।

स्मारिकामा नुवाकोट जिल्लाको स्वास्थ्य क्षेत्र लगायत देशको स्वास्थ्य क्षेत्रको विषयगत लेखहरु समावेश गरिएको संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top