२०७७, १२ आश्विन सोमबार

नुवाकोट समाज दक्षिण कोरियाद्वारा १२ वटै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग

डबली खबर     जेष्ठ २३ २०७७ १५:०७



nuwakot samaj south korea donate coronavirus ppe sets to nuwakot health post

नुवाकोट – नुवाकोट समाज दक्षिण कोरियाद्वारा नुवाकोटका १२ वटै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ ।

कोरोनाभाइरसको उपचारमा अग्रपंक्तिमा रहेर खट्ने स्वास्थ्यकर्मी र प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकाे बागमती प्रदेशका एकता समाज दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष यदुकुमार गिरीले बताए ।

शुक्रबार समाजले विदुरमा आयोजित एक कार्यक्रममा जिल्लास्थित स्थानीय तहका स्वास्थ्य चौकी, जिल्ला अस्पताल, खरानीटार अस्पताल, दुप्चेश्वर स्वास्थ्य चौकी, रेडक्रस नुवाकोट लगायतलाई पिपिइ सेट, डिजिटल इन्फ्रारेड थर्मगन, के-९५ मास्क, पन्जा, स्यानीटाईजर लगायतका सामग्री उपलब्ध गराएको गिरीले बताए ।

जिल्ला समन्वय समिति नुवाकोटको समन्वयमा कोरोनाभाइरस संक्रमितको उपचार र न्यूनीकरणमा अहोरात्र खट्ने व्यक्तिहरुको स्वास्थ्य सुरक्षाको लागि उक्त स्वास्थ्य सामग्री उपलब्ध गराईएको समन्वय प्रमुख सन्तमान तामाङले बताए। स्थानीय तहले बनाएको क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वास्थ्य सुरक्षाको व्यवस्थापनका लागि जनप्रतिनिधिहरु दिनरात खटिरहेको र संक्रमितको संख्या बढ्दै गईरहेको अवस्थामा जनशक्तिको अभाव भएको बताए।

जिल्ला विपद व्यवस्थापन समितिले जिल्लास्थित सामुदायिक विद्यालयका शिक्षकहरुलाई स्वयंसेवकको रुपमा खट्नको लागि निर्देशन दिईसकेको हुनाले जिल्लामा कोरोनाभाइरसको संक्रमण अझ फैलन नदिन र न्यूनिकरण गर्ने अभियानमा लाग्न जिसस प्रमुख तामाङले सबै शिक्षकहरुलाई अनुरोध गरेका छन् ।

विपदको समयमा परदेशमा रहेर पनि आफ्नो जन्मथलोमा स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र बेल्कोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुंगानाले आभार व्यक्त गर्दै आफु पनि बाचौं अरुलाई पनि बचाऔं भन्ने भावनाले उपलब्ध गराएको स्वास्थ्य सामग्री लक्षित समुदायका व्यक्तिमा पुर्‍याइने र त्यसको अनुगमन पनि गरिने बताए ।

समाजले जिल्लामा रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई पनि के-९५ मास्क उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top