२०७७, १४ आश्विन बुधबार

तारकेश्वर गाउँपालिकाको आधारभूत तह अन्तर्गत कक्षा ८को नतिजा सार्वजनिक

डबली खबर     बैशाख २७ २०७७ २१:३४



tarkeshwor class 8 result published-min

विदुर – तारकेश्वर गाउँपालिकाले शैक्षिक सत्र २०७६ कक्षा ८ को परीक्षाफल अनलाईन र एसएमएसमार्फत् सार्वजनिक गरेको छ ।

शनिबार साँझ पालिकाले प्रविधिको माध्यमद्वारा आधारभूत तह अन्तर्गत कक्षा ८ को नतिजा प्रकाशन गरेको हो ।

कुनै पनि विषयमा “डी प्लस” भन्दाकम र ग्रेड पास गरेका विद्यार्थीहरुको ग्रेड वृद्धि परीक्षा लकडाउन अवधि समाप्ति पछि विद्यालय संचालन भएको सात दिन भित्र गरिने प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरेले जानकारी दिएका छन् ।

नतिजा हेर्न ESO TAR <Symbol Number> टाईप् गरी ३१००७ मा एसएमएस गरि विद्यार्थी स्वयंले आफ्नो नतिजा मोबाइलमा हेर्न सकिनेछ । साथै https://esolution.school/online-results वेबसाइटमार्फत परीक्षार्थीले सिम्वोल नम्बर र पालिका छनौट गरि नजिता हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top