२०७७, १५ आश्विन बिहीबार

पृथ्वी माविको परीक्षा प्रतिशतमा प्रकाशित, ‘ए प्लस’ मा २५.८२ प्रतिशत

डबली खबर     बैशाख ११ २०७७ १८:०८



prithvi secondary school published result from radio in lockdown

विदुर – विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा रहेको सामुदायिक विद्यालय पृथ्वी माविले रेडियोबाटै वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । कोरोना भाइरसले विश्वव्यापी पारेको प्रभावलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय भएको निर्देशनको महिना दिनबित्दासम्म विद्यार्थी अन्यौलमा रहेकोले विद्यालयले आज रेडियोबाट नतिजा प्रकाशित गरिएको विद्यालयका प्रधानाध्यापक बाबुराम लामीछानेले जानकारी दिएका छन् ।

विद्यालयको वार्षिक परीक्षाको नतिजाफल अनुसार ‘ए प्लस’ २५.८२ प्रतिशत, ‘ए’ १९.४८ ग्रेडमा विद्यार्थीहरु कक्षा अपग्रेड भएका छन् । यस्तै ‘बि प्लस’ १९, ‘बि’ ३०.४२, ‘सी प्लस’ ८.९२ र ४.७ प्रतिशतले ‘सी’ ग्रेडमा विद्यार्थीहरु कक्षा अपग्रेड भएका छन् ।

विद्यालयको वार्षिक परीक्षाको नतिजा गत चैत्र ३० गते नै गरिनुपर्ने कार्य तालिका रहेकोमा लकडाउनको कारण रेडियो मार्फत प्रकाशित गरिएको प्रधानाध्यापक लामीछानेले बताएका छन् । परीक्षाको नतिजा रोकि राख्दा विद्यार्थीहरुमा अन्यौल देखिएकोले विद्यालयले उत्तरपुस्तिका चेकजाँच गर्न शिक्षक/शिक्षिकालाई घरमै पठाइएको थियो । सबै विषयको नतिजा शिक्षक/शिक्षिकाहरुसँग अनलाईन मार्फत सङ्कलन गरी र छलफलबाट कक्षा १ देखि ९ सम्मका नतिजा प्रकाशित सार्वजनिक गरिएको उनले बताए । यसमा कक्षा आठको केहि प्राविधिक र प्रशासनिक कार्यको कारण नतिजामा समावेश नभएको बताए ।

शिक्षा नियमावलीमा ग्रेडिंङ प्रणालीमा नतिजा प्रकाशित गरिनुपर्ने रहेता पनि प्राविधिक कार्यको कारण नतिजाफल प्रतिशतमा मै सार्वजनिक गरिएको विद्यालयका शिक्षक विश्वराज भट्टराईले जानकारी दिएका छन् । विद्यार्थीलाई भने प्रमाणपत्र भने ग्रेडीङ प्रणालीमा वितरण गरिने उनले जानकारी दिएका छन् ।

यस्तो प्रतिकूल समयमा पनि रेडियोमार्फत् वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेपछि अभिभावक तथा विद्यार्थीहरु लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top