२०७७, १३ आश्विन मंगलवार

नुवाकोट आदर्श बहुमुखी क्याम्पसले मनायो ३४ औं वार्षिकोत्सव (फोटो फिचर)

डबली खबर     फाल्गुन १२ २०७६ १६:५०



34th anniversary nuwakot adarsha multiple campus 2076

विदुर – नुवाकोट आदर्श बहुमुखी क्याम्पसले अभिभावक भेला र विविध सांस्कृतिक कार्यक्रम गरी आज ३४ औं वार्षिकोत्सव मनाएको छ ।

समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी पुर्व परराष्ट्र मन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले नै संसदीय व्यवस्थालाई असफल पार्न खोजेको बताएका छन् ।  सरकारले संवैधानिक निकायलाई छायाँमा राखेर अहिलेको परिवर्तनलाई समाप्त पार्न खोजेको बताएका छन् । उनले ‘कांग्रेस सकियो, कांग्रेस देखिएन’ भनेर केही सत्ताधारी दलका कार्यकर्ताले टिप्पणी गरेको प्रसंग निकाल्दै कांग्रेस झन् बलियो भएर बसेको बताए ।  उनले काँग्रेस कम्युनिस्ट जस्तो प्रचारमुखी नभएको बताए । उनले भने, ‘हामी काम गर्छौं, काम गरेपछि प्रचार आफैं हुन्छ भन्ने मान्यतामा विश्वास राख्छौं ।’ डा. महतले शिक्षा जस्तो अमुल्य र दिगो रूपमा आफूसँग रहिरहने सम्पत्ति अरू नभएको बताए । महतले आफ्नो हैसियत बढाउने सबैभन्दा ठूलो सम्पत्ति पनि शिक्षा नै भएको भनाइ राखे ।

वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा खेलकुद तथा शैक्षिक गतिविधिका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा निमित्त क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top