२०७७, ७ आश्विन बुधबार

जिल्ला खुल्ला दिसामुक्त घोषणा पटकपटक मिति तोक्दै, असार २८मा अभियान सफल हुँदै

डबली खबर     असार १७ २०७५ १९:११



ODF Nuwakot Nepal

विदुर । नुवाकोट जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न पटकपटक मिति तोक्दै करिब एक वर्षपछि यहि असार २८ गते खुल्ला दिसामुक्त हुने भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नुवाकोटका प्रमुख मोहनलाल जैशीले जिल्ला खानेपानी तथा सरसफाई एवम् स्वच्छता समन्वय समिति (डि-वास-सीसी) को नुवाकोट जिल्लालाई असारमसान्तभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय बमोजिम नुवाकोटका १२ वट्टै स्थानीयतहका प्रमुख र उपप्रमुखहरुसँग गत बिहिबार गरिएको बैठकबाट खुल्ला दिसामुक्त जिल्ला घोषणाको दिन तय हुन गएको बताउनुभयो । नुवाकोटमा शतप्रतिशत घरमा शौचालय निर्माण भएपनि प्राविधिक समस्या देखिएकोले जिल्लालाई दिसामुक्त क्षेत्र घोषणा गर्न ढिलाई भएको बताउनुभयो ।

नुवाकोट जिल्लामा दुप्चेश्वर गाउँपालिकालाई पहिलो खुला दिसामुक्त घोषणा भएको हो । दुप्चेश्वर गापाबाट शुरु गरिएको यस अभियानले नुवाकोटमा एघारौं स्थानीयतह घोषित भईसकेको हुनाले यहि असार २८ गतेका दिन नुवाकोटलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न लागिएको हो ।

Image may contain: 5 people
फाईल फोटो

नुवाकोट जिल्लाकै एक मात्र खुल्ला दिसामुक्त घोषणा हुन बाँकी बेल्कोटगढी नगरपालिकालाई यहि असार २१ गतेका दिन खुल्ला दिसामुक्त गर्न लागिएको बेल्कोटगढी नगरपालिकाको कार्यपालिकाको कार्यालयले जनाएको छ ।

आव २०७४/०७५ को असारमसान्तसम्म नुवाकोटलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरी पहिलो चरणको कार्यक्रमले पूर्णता प्राप्त गर्नेछ 

जिल्ला खानेपानी तथा सरसफाई एवम् स्वच्छता समन्वय समिति (डि-वास-सीसी) का निर्णयहरु

१)  डि-वास-सीसीबाट अनुमति पाई घोषणा भएका गाउँ तथा नगरपालिकाको घोषणालाई अनुमोदन गर्ने ।
२) ककनी र बेलकोटगढीलाई क्रमशः असार १७ र २१ गते घोषणाको लागि अनुमति दिने ।
३) डि-वास-सीसीको नाममा रहेको बैक खाताको दस्तखत नमुना कार्ड परिवर्तन गर्ने
४) क्षेत्रीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति (आरवाससीसी) लाई अनुगमनको लागि पत्राचार गर्ने ।
५) असार महिना भित्रै घोषणा गर्ने गरि प्रमुख अतिथि र मिति आगामी बैठकबाट तोक्ने ।
६)  जिल्ला घोषणाको आन्तरिक तयारीलाई तिब्र पार्ने ।

 

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top