२०७७, ११ आश्विन आईतवार

‘भुकम्पको जस्तो राहत बाढ्दै हिँड्ने बेला होइन यो’: मिनकुमार के.सी.

डबली खबर     चैत्र २६ २०७६ २०:१४



min kumar kc ngo nuwakot trishuli web

लकडाउनको समय कसरी बिताई रहनु भएको छ ?

हामी नेपालीलाई फेरी अनौठौ अनुभुतीको बिच लकडाउनको अनुभव पनि थपिएको छ । संसारभर कोरनाभाईरस (कोभिड-१९) को महामारी मानव जातीलाई चुनौती दिई देखा परेको छ । यसलाई फैलन नदिनका लागि नेपाल सरकारले लकडाउन नै अहिलेको सन्दर्भमा सान्दिर्भक उपाय भएकोले नै बन्दाबन्दी लागू गरेको हो । म पनि यसलाई पालना गरेर घरमै बसिरहेको छु । परिवारको साथ पारिवारिक काम, अनलाईन अध्ययन, आफुसंग भएका पुस्तक पढ्ने आफुसंग जोडिएको परियोजनाका कामहरु घरमा बसेर गर्ने साथीहरुसंग अपडेट गर्ने, संचारका माध्यमबाट कोरना लगायत बिभिन्न बिषय बस्तुको अपडेट गर्ने काममा नै सुर्योदयदेखि अस्तसम्मको दैनिकी चलिरहेको छ ।

लकडाउनलाई किन पालना गर्नुपर्छ ?

कोरना भाईरसको कारण देखिने महामारी युक्त रोग कोभिड–१९ मानवबाट मानवमा नै दुर्त गतिमा सर्दछ । हालसम्म यसलाई बिभिन्न प्रयत्नको बाबजुदत जित्न सकेको छैन । अर्थात यसको कुनै प्रकारको औषधि बनिसकेको अवस्था छैन । विकसित तथा बिश्वका अब्बल स्वास्थ्य प्रणाली भएको देशहरु जुन अवस्थामा छन् यसबाट हाम्रो जस्तो विकास उन्मुख विकशीत स्वास्थ्य प्रणाली भएको देशमा फैलिएमा हाम्रो लागि अत्यन्त कारुणिक अवस्था सिर्जना हुनेछ । त्यसैले रोगलाई फैलन नदिनु अहिलेको लागि सबैभन्दा महत्वपूर्ण कार्य हो । फैलिएपछि रोकथाम गर्नु हाम्रो लागि निकै नै चुनौतीपूर्ण हुने छ । त्यसैले राज्यले गरेको लकडाउन यतिबेलाको परिस्थितिमा एकदमै सही कदम हो र यसको ईमान्दारपूर्वक पालना हुुनुपर्छ । यसको पालना अरुको लागि होईन स्वयं मेरो लागि, मेरो परिवारको लागि अनि मात्र समाज र देशको लागि हो भनेर सोच्नु पर्दछ ।

सरकारले गरेका तयारीहरुलाई कसरी हेर्नुभएको छ ?

कोभिड–१९ नयाँ र बिश्वका सबै स्वास्थ्य बिज्ञलाई चुनौतीका साथ देखा परेको रोग हो । जुन कोरना भाईरसको कारण भयो । ३ महिना अघि चीनमा देखिनु र यसले बिश्व महामारीको रुप लिनुमा बिश्वमा नेपाल मात्र होईन, सबै देश र देशका सरकारहरु चुकेका छन् । नेपालको सन्दर्भमा केही गर्न सकिने पूर्ब तयारीहरु हुन सकेनन् । यसबाट पछिका लागि पनि सरकारका सबै तह र समुदायलाई सिकाई हुन पर्दछ । बुढापाकाले भन्ने गर्थे –‘दशा बाजा बजाएर आउँदैन ।’ तर यो पालि बाजा नै बजाएर आएको थियो । चीनमा बजेको बाजामै हामी अलि अलि अलमलियौं । तर, यो रोगको संक्रमण देखिने वित्तिकै सरकारले जुन खालको कदम उठाएर हामीलाई सचेत गराएको छ । यो सचेतका कारणले नै अहिले रोग धेरै बढ्न पाएको छैन । पछिल्लो तयारी भने ठीक खालको छ ।

स्थानीय तहहरुले गरेको तयारी चाँही ?

यो महामारी हाम्रो जीवन कालमा पहिलो, यो संघीय प्रणालीमा पनि पहिलो महामारी हो । भर्खरै स्थानीय सत्ताको अभ्यास गरीरहेका हाम्रा स्थानीय सरकारहरु पनि अहिलेसम्म सबै कामका लागि श्रोत साधन तथा सबै कुरामा केन्द्रमुखी हुनु हुँदैन भनेर हामीलाई कोरनाले एउटा पाठ सिकाएको छ । तयारी कम भए होलान, अनुभवहरु कम पनि छन् । स्थानीय सरकारले योजना तर्जुमा गर्दा बिपद ब्यबस्थापनका लागि खासै महत्व दिएका थिएन् । तर पनि भुकम्पका दिनहरुमा भन्दा स्थानीय सरकारहरु भएका कारण क्वारेन्टाइनहरु बनेका छन् । नागरिकलाई सचेतीकरणका काम भएका छन् । सानो तिनो राहतका लागि पनि जनप्रतिनिधीहरु अभिभाबकत्व छ । समस्यामा परेका नागरिकको कुरा सुन्ने सरकार भनेको नै स्थानीय तह हो । त्यसैले सुधार गर्नुपर्ने धेरै काम भएपनि अहिले स्थानीय सरकारले गरेको काममा हामीले सन्तोष गर्नुपर्छ ।

जिल्लास्तरको तयारी र सुधार गर्नुपर्ने कुराहरु के के हुन् ?

वास्तबमा हिजोको शासन ब्यवस्थाको संरचना जिल्लास्तरको भएर मात्रै हामीले जिल्ला तहमा केन्द्रित हुनुपर्ने हो । जिल्लास्तरबाट सुरक्षा सहयोग, सबै तहका सरकारसंगको समन्य, अत्यावश्यक सामग्रीको प्रबन्ध आदिमा भूमिका खेल्नु पर्दछ । अहिले स्थानीय सरकारसंग प्राबिधिक क्षमताहरु महामारीलाई थेग्ने नभएकोले अहिलेको अबस्थामा जिल्लाले नै यो भुमिका खेल्नु पर्ने अवस्था छ । महामारी फैलिहालेमा हामीसँग प्रयाप्त मात्रामा अस्प्तालहरु छैनन् । जिल्लामा रहेको त्रिशूली अस्पताललाई सुविधा सम्पन्न बनाउन सक्नुपर्छ । अनि स्थानीय तहहरुमा पनि आवश्यक ल्यावसहितको अस्पताल स्थापनामा अव ढिला गर्नुहुँदैन ।

कोरोनाको संक्रमण फैलिन नदिन सामाजिक संघसंस्था/नागरिक समाजको भूमिका कस्तो हुनुपर्छ ?

सामाजिक संघ संस्था नागरिक समाज राज्यको अंग हो । राज्यलाई जहिले पनि सामाजिक संघ संस्थाले सहयोग पु¥यााउनु पर्दछ । यस्तो बिपद्को घडीमा सामाजिक संघसंस्थाले जहिले पनि रचनात्मक भूमिका खेलिरहेको छ र खेल्नु पर्दछ । अन्य बिपद्हरुमा नेपालमा संघ संस्थाले सकारात्मक भूमिका खेलेका छन् । कोरनाको सन्दर्भमा यतिबेला सरकारले लकडाउन र जनचेतनामा सघाउनु भनेको छ, यसमा सामाजिक अभियन्ताहरुले लकडाउन सफल बनाउन सहयोग गर्नु पर्दछ । सामाजिक संघ संस्थासंग भएका श्रोत साधन राज्यलाई आवश्यक परेमा निति तथा कानुनले मिल्नेसम्म राज्यलाई उपयोग गर्न दिनु पर्दछ । कुनै संस्थासंग महामारी बिरुद्ध लडन सक्ने जनशक्ति छन् भने राज्यलाई परिचालनका लागि सघाउनु पर्दछ । नुवाकोट जिल्लामा पनि सबै संघसंस्थाले लडडाउनको पालना गर्दै नियमिति गतिबिधि रोकेका छौं र लक डाउनमा सहयोग पु¥याई रहेका छौं ।

अहिले नागरिक समाज/सामाजिक संघसंस्थाको भूमिका निष्कृय रहेको हो ?

यति बेला देखिएको त्यस्तो हो । राज्यले के भनेको छ, सबै घर भित्र बस्ने, भीडभाड नगर्नका लागि लकडाउन गरिएको हो । ताकी अन्य बिपद् बाढी पहिरो, भुकम्प जस्तो आगलागिको अवस्था होईन, जहाँ संगैसंगै राज्यसंग मिलेर संघसंस्था हिँड्ने । यति बेला सम्बन्धित क्षेत्रका संस्थाहरु (स्वास्थ्यका) सक्रिय नै छन् । सामाजिक संस्थाले चलाएको अस्पतालहरु सञ्चालनमा छन् । तहाँ कार्यरत सामाजिक अभियान्ताहरु सक्रिय नै छन् । थुप्रै ठाउँमा सामाजिक संस्थाहरुले आफना भवनहरु भएका क्वारेन्टाईनलाई दिएका छन् । अलि फरक परिबेश भएकोले सामाजिक संस्थाको भूमिका निस्क्रिय देखिएको हो । तर, सामाजिक संस्थाले आफनो ठाउँबाट लक डाउनलाई पालना गराउनेदेखि चेतना अभिबृद्धिमा काम गरी रहेकै छन् ।

भुकम्प बेला जस्तो राज्यलाई सहयोग गर्ने निति राष्ट्रिय/ अन्तर्राष्ट्रिय संघसंस्थाले लिएका छैनन् नी किन होला ?

भुकम्प निश्चित भौगोलिक क्षेत्रमा थियो । महामारी बिश्वमा छ । त्यति बेला उद्धार, राहत र पुर्ननिर्माण गर्नुपर्ने थियो । ती सबै काममा राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थाहरु परिचालिन भए । अहिले महामारीले बिश्वलाई चपेटामा पारेको छ । महामारीमा संघसंस्थाले काम गर्दैन भन्ने होइन, इबोलामा धेरै संस्थाहरुले काम गरेका छन् । अहिले सरकारले लकडाउन लागू गरेको छ । सबैले पालना गरौ । सरकारले भोलि सामाजिक संस्थालाई जसरी सहयोग र परिचालन गर्छ, त्यसमा संघ संस्था परिचालित हुन्छ । भुकम्प र महामारीलाई एउटै हेराई हेर्नु हुन्न ।

अन्तमा केही सुझाव छ कि ?

अन्तमा मानव जातीको अस्तित्वमा संकट परेको छ । हामी सबै मिलेर सामना गरौं । यतिबेलाको कोरोनाको मुख्य औषधी लकडाउन हो । जसलाई पालना गरे कोरना फैलिदैन र हामी सुरक्षित हुन्छौ । लकडाउनको कारण दैनिक रोजीरोटीमा धैरेलाई समस्या परेको छ । यस्तो अबस्थामा हुनेले नहुनेलाई सामाजिक दुरी कायम गरी सहयोग गरौ । सधै हामी राहतको अपेक्षामा नबसौ । कोरना फैलिए के हुन्छ ? त्यसको कल्पनासम्म पनि गर्न सकिन्न । हामीले लकडाउन असहज भएपनि पालना गर्‍यौ भने हामी यस महामारीबाट पार पाउँछौ र ज्यान रहे भोलिका दिन उज्यालो बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top