२०७७, ११ कार्तिक मंगलवार


KC Fancy Store Nuwakot

जिशिअ सुवेदी पक्राउ

डबली खबर     जेष्ठ ९ २०७५ १३:३५



इटहरी/सेवाग्राहीसँग घुस लिदालिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ ।

जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग रकम उपलब्ध गराउने सर्तमा रु ५० हजार घुस रकम लिदालिदैं उहाँलाई आयोगका टोलीले नियन्त्रणमा लिएको इटहरीस्थित आयोग कार्यालयका प्रवक्ता नरेन्द्र्र भट्टराईले जानकारी दिनुभयो ।

आवश्यक सोधपुछ एवं थप अनुसन्धानका लागि उहाँलाई इटहरीस्थित आयोगको कार्यालयमा ल्याउने तयारी भईरहेको पनि प्रवक्ता भट्टराईले बताउनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top