२०७७, १४ मंसिर आईतवार


Bachchhaladevi Suppliers

आईचार दुर्घटनामा नुवाकोटका तीनको मृत्यु

डबली खबर     कार्तिक २७ २०७७ ०९:२९


Trishuli Web Design Services in Nuwakot
nuwakot eicher accident 3 people death

काठमाडौं – नुवाकोटबाट काठमाडौंतर्फ गईरहेको कुखुरा बाेक्ने आईचरले राेकिराखेकाे ट्रकलाई ठक्कर दिँदा तीनकाे मृत्यु र एक घाईते भएका छन् ।

कलंकीस्थित सडकखण्डमा मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नं को ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने ट्रकले ठक्कर दिदा साेही कुखुरा बाेक्ने आईचरमा सवार तीन जनाकाे मृत्यु भएकाे महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराले जानकारी दिए ।

कुखुरा बाेक्ने ट्रकमा सवार चार जनालाइ नजिकै रहेकाे कलंकीस्थित सहिद अस्पतालमा लगिएकाे थियाे । उपचारकाे क्रममा तीन जनाकाे मृत्यु भएको डिएसपी बाेहाेराले जानकारी दिए ।

मृत्यु हुनेमा नुवाकोट तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे, दानसिंहका भुपेन्द्र तामाङ र तादी गाउँपालिकाका सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ रहेको प्रहरीले जनाएको छ । घाईते हुनेमा तारकेश्वरका वर्ष २२ का विजय तामाङ रहेकाे र उनकाे उपचार भईरहेकाे छ ।

दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे कालिमाटी वृत्तले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top