२०७७, ४ कार्तिक मंगलवार


KC Fancy Store Nuwakot

साथी सम्झेर “ओई…ओई…!” भनेर कराउने गर्छिन्

डबली खबर     बैशाख ३१ २०७७ १९:०९



girl ranita acharya intellectually disabled person daily life in lock down period

कोरोनाभाइरसको संक्रमण जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउन लगतै विद्यालयले बिदा दिएर घरमा पठाएको आज ५१ औं दिन भएको छ, रनिता आचार्यलाई ।

गत फाल्गुणबाट १६ वर्ष प्रवेश गरेका आचार्य, बौद्धिक अपाङ्गता भएकि एक व्यक्ति हुन् । अहिले उनी परिवारसँगै घरमै बस्न बाध्य भएकी छिन् । उनी आमा निता आचार्य र बुबा रमेश आचार्यको कोखबाट जन्मेकि हुन् । उनको घर विदुर नगरपालिका वडा नम्बर ५ माझीटार हो। जेठी छोरीको रुपमा जन्मेकि उनकी दुई बहिनीहरु छन्। उमेर भर्खरै १३ वर्ष लागेकी माइली बहिनी अर्किड एकेडेमीमा कक्षा ७ मा अध्यनरत छिन् भने ६ वर्ष टेकेकी कान्छी बहिनी विद्यालय जानको लागि तयारीमा छिन् ।

उनी सोहि वडाकाे माझीटारमा रहेको बौद्धिक अपाङ्गता विद्यालयका एक छात्रा हुन् । उनी जस्तै त्यहाँ अरु २३ जना बौद्धिक अपाङ्गता भएकाहरुसँग होस्टेल मैं बस्थिन् । १८ वर्षभन्दा मुनिका बौद्धिक अपाङ्गता भएकाहरुलाई हेरचाह गर्ने उद्देश्य अनुसार बौद्धिक अपाङ्गता अभिभावक संघ नुवाकोटको अभिभावकत्वमा सञ्चालित उक्त विद्यालय अहिलेको समयमा पूर्ण रुपले बन्द रहेको छ।

उक्त विद्यालयबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा लगायतका विद्यार्थीहरु लाभान्वित भएका छन्। अहिले सबै जना आ-आफ्नो घरमा बन्दाबन्दी भएर परिवारसँग बसिरहेका छन् ।

“विद्यालयमा उनलाई बिहान र बेलुका बोल्नको लागि “माउथ थेरापी” र शारीरिक व्यायाम वा हिंडडुल गर्नको लागि “फिजियोथेरापी” दैनिक रुपमा गराईन्थ्यो” – उनकी बुबाले बताए ।

“अहिले घरमा थेरापी गराउने सामाग्री अभावको कारण त्यो पूर्ण रुपमा सम्भव नभए पनि विद्यालयमा सिकाए अनुसार घरमा हिंड्नको लागि अभ्यास गराई रहेका छौं ।” पहिले हातको पनि थेरापी गर्नु पर्थ्यो अहिले सुधारपछि गर्नु पर्दैन। तर पनि देब्रे हात ढाड पछाडी लुकाउन थालेकि छिन् ।

“बाहिर हिडाउँनको लागि लादाँ कहिँले बाटो मै बसिदिन्छ, अनि बोकेर ल्याउनुपर्छ” । जे जसो भए पनि उनलाई आफु खुशी हिंड्नको आवश्यक अभ्यासका लागि सकभर हामी प्रयत्नरत छौं

“उनी सुर्योदय भन्दा पहिले नै उठ्छि।

“उठेपछि दिसापिसाब गराई दिनुपर्छ ।”

त्यसपछि उनी सुत्दीनन् । अनि मुख धोई दिएर उनीसँग खेलि रहनुपर्छ ।

“राति ढिलासुते पनि सबेरै उठ्ने बानीले हाम्रो पनि बिहानै उठ्ने बानी राम्रो भएको छ ।”

केहि गाह्रोसारो भयो भने “ओई…अई…!” (उनको बोलीचाली भाषा, यो भन्दा अरु केहि भन्न सक्दैनन्) भन्दै सहयोग माग्ने र भन्ने गर्दछिन् । चिनेजानेका लागि पनि त्यसरी नै बोलाउने गर्छिन् ।

मनोरञ्जनमा बढी चाख राख्ने भएकोले प्राय: अहिले घरमा मोबाईल, टिभीमा गीतहरु हेर्न र सुन्न मन पराउँछन् ।

dancing practise with father eating herself

बायाँबाट: बुबाले थेरापी गराउंदै, आफै खाना खाँदै र आमाले खाना खुवाउँदै

विशेष गरि उनले “अहिले सालको पात टपरी हे बरै…” र “धानको बाला” खुबै मन पराउँछिन् । राम्रो गीत बजेमा उनी आफै एक्लै भए पनि हेरि रहन्छिन्, आन्नदित हुन्छिन्,  नाँच्छिन्।

“बन्दाबन्दीको समयको साँझपख हिंडडुलको लागि एकपटक घर वरपर सुरक्षति तवरले बाहिर लाने गरेका छौं ।”

विद्यालयमा हुदाँ सहि तरिकाले बौद्धिक अपाङ्गताहरुको लागि कुशल शिक्षकले अभ्यास गराउँनु हुन्थ्यो अहिले जेनतेन हामीले प्रयास गरिरहेका छौं !

घरमा परिवारका सदस्यले पालैपालो खुवाउने, खेलाउने गरेका छौँ।

“सन्तान हुन्, जे जसो भएपनि सबैको माया लाग्छ । दु:खी रत्तिभरको पनि छैनौं हामी, केवल उनलाई पूर्ण रुपले समय दिन नसक्दा मात्र दु:ख लाग्छ”- उनकी आमा बताउँछिन् ।

बन्दाबन्दीले गर्दा सबैजान घरका परिवारसँग बस्नु परेको छ।

उनी विद्यालयमा रहदाँ आफु खुशी खेल्न, हिंड्न सहज हुन्थ्यो, साथीभाईसँग खेली रहन्थिन् ।

यहाँ हामिलाई असहज भएको छ उनको त कुरै भएन ।

“अहिले बाहिर जान नदिई राख्दा उनलाई असहज भएको छ । बाहिर जान नदिदाँ उनी बेस्सरी कराउने गर्छिन्, रिसाउँछिन् । समय कस्तो हो बुझ्दिनन् ।”

“बन्दाबन्दीको सुरु सुरुको समयमा गीतसित लगाईदां खुशी हुन्थीन् अहिले घरभित्रै धेरै बस्दा अत्यास लागेको छ” उनलाई । “बाहिर जान नदिदाँ रिसाउने, रुने, झर्को मान्ने व्यवहार गर्छिन् । रिसाउँदा बहिनीहरुलाई भुत्लाउने, चिथार्ने र हिर्काउने गर्छिन् ।”

विद्यालयमा रमाउन थालेकी रनिता “अहिले घरमै थुनिएर रहदाँ ढोका ढटाउने, कराउने गर्छिन् । पहिले कतै जाऔं भन्दा सरासर मान्ने अहिले नमान्ने भएकी छिन् ।”

जिउमा, टाउकोमा छुन दिदैंनन् । “ढाडपछाडि केहि राखि दिन पाए उनले हात पछाडी लुकाउंदैन कि?आफुखुशी केहि गर्नुपर्यो भने मात्र हात दुवै हात अगाडी ल्याउने गर्छिन नत्र देब्रे हात पछाडी लाने गर्छिन, अहिले ।”

घरमै समय बिताउनको लागि प्लास्टिकको बट्टामा गुच्चा, ढुंगा राखी खेल्न दिने गरेका छौं। त्यसरी बट्टामा भएको गुच्चा, ढुंगा हल्लाउँदा निस्कने आवाज “छ्यान्, छ्यीन् छ्यीन्” ले उनी खुशी हुन्छिन्।आवाज र मनोरञ्जनको लागि बजाउन उनको नजिक राखि दिने गरेका छौं। विद्यालयमा पनि त्यस्तै खालको सामग्रीको साथै अन्य शैक्षिक सामग्रीहरुमा भुलिन्थिन्।

बेलाबेलामा राम्रो गीत बज्यो भने ताली बजाएर रमाउने गर्छिन्, नाच्चिन् । विशेत: उनलाई लोक गीत र दोहारी गीत मनपर्छ। विद्यालयमा हुदाँ जाने नजानी मादल बजाउँथिन्। अहिले दिनहुँ अभ्यास गर्न नपाएपछि त्यो बन्द भएको छ!

बढी मात्रामा बाजाको मात्र धुनमा रमाउन चाहन्छिन। त्यसको लागि घरमा इन्टरनेटबाट मोबाईलमा मादल, सारंगी, बाँसुरी जस्ता वाद्यवादनको धुन लगाई दिने गरेको छौं।

खान, लाउन यहि नै चाहिन्छ भन्ने छैन। तर खानेकुरामा चाउचाउ चैं औधी मन पराउँछिन्। भोक लागेको बेला जति पनि चाउचाउ खान्छिन् । विद्यालय गएको केहि समयपछि भुजा आफै खाने, यताउती हिंडडुल गर्न आफै सक्ने भएको छ तर अहिले विस्तारै बानी व्यहोरा कम हुदैं गईरहेकोमा चिन्तित छन् उनका अभिभावक।

उनलाई भुलाउन कहिलेकाहिँ साथीहरुको नाम लिने गरेका छौं । त्यसरी नाम लिँदा उनी खुशी हुने र “ओई…अई…!” भनेर कराउने गर्छिन्। त्यसैमा रमाउने गरेकी छिन्

विद्यालय भन्ने थाहा नभएनी उनी कहिले जान पाउँला भनि कहिँलेकाँही साथी सम्झेर हो या विद्यालय जाने बाटो हेरि “ओई…अई…!” भनेर कराउने गर्छिन् अनि कोठामा फर्किन्छिन् ।

(उनका अभिभावकसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top