२०७७, ९ माघ शुक्रबार
Bachchhaladevi Suppliers

लकडाउन अवधि वैशाख २५ सम्म लम्बियो

डबली खबर     बैशाख १४ २०७७ १९:४३


Trishuli Web Design Services in Nuwakot
nepal government minister meeting lockdown coronavirus

काठमाडौं – विश्वव्यापी फैलिएको कोरोनाभाइरसको जोखिम कम गर्न सरकारले लकडाउनको अवधिलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यस अघि लडाउन भोलि वैशाख १५ गतेसम्मको लागि तय गरेको थियो । यो अवधि तेस्रोपटक थपेको हो।

अहिलेसम्म देशभर ५१ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी प्रदेश नम्बर १ मा ३१ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, २ नम्बर प्रदेशमा ७, बागमतीमा ७, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको थियो।

१६ जना निको भएर घर फर्केका छन्। आइसोलेसनमा ११२ जना उपचारथ रहेको छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top