२०७७, ११ आश्विन आईतवार

आर्ट अफ लिभिङद्वारा खाद्यान सहयोग

डबली खबर     बैशाख ७ २०७७ ०६:१३



Sri Sri Ravi Shankar And The Art of Living Foundation

विदुर – विश्व विख्यात आध्यात्मिक गुरु रवीशंकरद्वारा स्थापित आर्ट अफ लिभिङ नामक संस्थाको नेपाल च्याप्टरले नुवाकोटका ज्येष्ठ नागरिक र असहाय बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

संस्थाले लकडाउनका कारण समस्यामा परेकाहरुलाई खाद्यान्न लगायतका सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा नुवाकोटमा पनि खाद्यान्न सहयोग गरिएको नेपाल च्याप्टरका संयोजक बिमल केडीयाको जानकारी दिए ।

संस्थाले विदुर नगरपालिका-५ को देविघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका ४९ जना ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति १० केजी चामल, ४ केजी च्युरा, २ लिटर तेल, २ केजी दाल, ४ गोटा साबुन, २ प्याकेट नुन र २० प्याकेट चाउचाउ उपलब्ध गराएको छ ।

त्यस्तै, संस्थाले विदुर नगरपालिका-२ तारिखेतमा रहेको आमाको माया छात्राबासमा आश्रित २२ जना बालबालिकालाई प्रतिव्यक्ति ५ केजी चामल, २ केजी च्यूरा, १ लिटर तेल, १ केजी दाल, २ गोटा साबुन,१ प्याकेट नुन र १० प्याकेट चाउचाउ उपलब्ध गराएको छ ।

संस्थाले यशोदादेवि भगवानसिंह केसी मेमोरियल ट्रष्टसँगको समन्वयमा खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top