२०७७, १४ आश्विन बुधबार

तारकेश्वरमा हात धुन सिकाउँदै गोमादेवी मेघनाथ

डबली खबर     बैशाख ६ २०७७ ११:५२



a man practising hand washing in lockdown

भमरा – विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न गोमादेवी मेघनाथ अर्याल स्मृति संस्थाले साबुन पानीले हात धुन सिकाउने अभियान सुरु गरेको छ । तारकेश्वर गाउँपालिकाको मुख्य सडक, चोकमा पानी ट्याङ्की राखी उचित विधिबाट साबुन पानीले हात धुन सिकाउने अभियान सुरु गरेको हो ।

स्थानीयमा हात धुने उचित सात विधिको जनचेतना जगाउने उदेश्यले साबुन पानीले नियमित हात धुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नको लागि अभियान सुरु गरेको संस्थाका अध्यक्ष ईश्वर अर्यालले बताए । वडा कार्यालयको समन्वयमा संस्थाले मानिसहरुको चहलपहल हुने मुख्य सडकलाई चयन गरी साबुन पानीले हात धुने व्यवस्था मिलाईएको अध्यक्ष अर्यालले बताए ।

हात धुने अभियानलाई गाउँपालिकाका ६ वटै वडामा स्थान छनौट गरि सबै स्थानमा विस्तार गर्न गरिने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top