२०७७, १५ आश्विन बिहीबार

घरैमा बस्नु मै छ सुरक्षा

डबली खबर     बैशाख २ २०७७ १३:५१



nawadeep-ajanabi-nuwakot-trishuli-khabar-dabali

त्रेतायुगका रामचन्द्र १४ वर्ष वनबास बसेको कथा हाम्रो समाजका धेरैलाई थाहा छ । राजनीतिक गर्ने नेताहरु पनि वर्षौ जेलमा बसेका थिए । दक्षिण अफ्रिकाका नेता नेल्सन मन्डेला २७ वर्ष लगातार जेल बसेका थिए । हाम्रा प्रधानमन्त्री केपी ओली पनि १४ वर्ष जेल बसेका हुन् । उबेलामा स्कूल पढ्ने उमेरमा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी पनि वर्षौ नजरबन्दमा राखिएको समाचार सुनिन्थ्यो । यतिखेर संसारका अधिकांश मानिसहरु आआफ्नै घरमा नजरबन्दमा छन् । चैत ११ गतेबाट नेपालीहरु पनि आआफ्नो घरमा बन्दीको अबस्थामा छन् । कोरोनाभाइरस (कोभिड-१९) को कारण सरकारले लकडाउनको कारण नेपालीहरु आआफ्नै घरमा बन्दी छन् । यो लेख लेख्दै गर्दा २२ औँ दिन भईसकेको छ ।

तर, मानिसको जात ज्यादै ज्याद्रो रहेछन् । त्यसमा पनि बहादुर गोर्खाली न परे । भनेको मान्दै नमान्ने ।

रोग लाग्यो भने ज्यानै जान सक्ने । निको हुने दर ज्यादै कम । ठ्याक्कै निको पार्ने औषधी अहिलेसम्म बनेको छैन । रोग निको पार्ने रामवाण बनेको छैन । रोग लागेर उपचार गर्नु भन्दा पहिले रोग नै लाग्न नदिनको लागि संसारका धेरै देशले यही उपाय अवलम्बन गरिरहेका छन् । तर, मानिसको जात ज्यादै ज्याद्रो रहेछन् । त्यसमा पनि बहादुर गोर्खाली न परे । भनेको मान्दै नमान्ने । नेताहरु वर्षौ जेलनेल र नजरबन्दमा कसरी बसे होलान् ? जबकी हामी आफ्नै घरमा आफ्नो परिवारसँग दुईतीन हप्ता बस्न पनि कठीन हुन थालेको छ । सरकारले जो जहाँ छ त्यही बस्नु भनेको छ । तर, नेपालीहरु लुकीचोरी हिडिरहेका छन् । साच्चै समस्यामा परेकाहरु लुकीचोरी हिँडेपनि समस्या नपरेकाहरु पनि साँढा पल्टेर डुलीरहेको पनि देखिइरहेको छ । अझ नेताभनौउदाहरुको दौडधुप देख्दा लाग्छ, कोरोना नाम गरेको भाइरसको यी नेताहरुको भावभङगी देख्दैमा तर्सेर आफै भाग्छिन् ।

गोदान गरेजस्तो सबैले तन्की तन्की पोको पन्तुरमा हात पुर्‍याइरहेका छन् । केही गरी गोदान गरेको गरेको वस्तु भेटिएन भने भेट्ने मान्छेको ज्यानमा भने पनि छोएर दानको अलौलिक आनन्द लिएको देख्दा यी समाजका सरोकारवाला भनिएकाहरु संवेदनशीलताको कसीमा फेल भइरहेका छन् । रोग संक्रमणको जोखिमलाई भने पास गराइरहेका छन् ।

सरकारले लकडाउन गर्नुभन्दा पहिले नै सचेत गराईसकेको थियो । म आफू पनि रिपोर्टिङमा जान छाडिसकेको थिएँ । तर, जिल्लाका सरोकारवाला निकायहरु भने जात्रा गरिरहेका थिए । एउटा निर्णय गर्नु पर्दा पनि भीड थुपारेर के के नाप्यौँ भन्न हल्ला गरिरहेका थिए । अहिले पनि जनप्रतिनिधीहरुको ताल हेर्दा कोरोना उनीहरुकै आफन्त हुन् वा जनप्रतिनिधीको कार्ड झुण्ड्याएपछि परिचयपत्र पढेर नै कोरोनाले छुन सक्दैन भन्ने जसरी दौडिरहेका छन् । घरमै बसेर फोन, सामाजिक सञ्जालमार्फत पनि गर्न सकिने कामको लागि दौदादौड गरिरहेको देख्दा लाग्छ, कोरोना यिनीहरुका साख्ने मितिनी नै हुन् । भूकम्पमा राहत वितरण गर्न जस्तो हुल बाँधेर, बल बाँधेर कुदिरहेका छन् । दुई थान पिपिइ दिँदा पनि भाषण छाँटिरहेका छन् । अरुलाई भीडभाड गर्नु हुँदैन । कम्तिमा एक मिटरको दुरी कामय गर्नु पर्छ भन्ने स्वास्थ्यकर्मीहरु नै एक सय थान मुखौटो पनि ग्वामलाङ्ग अंगालो नै मारुला जस्तो गरि नारिएर स्वीकार गर्दै फोटो खिचाइरहेका छन् । दिनेहरु पनि त्यस्तै, लिनेहरु पनि त्यस्तै । लाग्छ, उनीहरु जात्रा मनाइरहेका छन् । उत्सव मनाइरहेका छन् । कोरोना सोरोना धुम भनिरहेका छन् । गोदान गरेजस्तो सबैले तन्की तन्की पोको पन्तुरमा हात पुर्‍याइरहेका छन् । केही गरी गोदान गरेको गरेको वस्तु भेटिएन भने भेट्ने मान्छेको ज्यानमा भने पनि छोएर दानको अलौलिक आनन्द लिएको देख्दा यी समाजका सरोकारवाला भनिएकाहरु संवेदनशीलताको कसीमा फेल भइरहेका छन् । रोग संक्रमणको जोखिमलाई भने पास गराइरहेका छन् ।

अब आफ्ना कुरा

२०६२ सालमा बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रमा १२ दिन बिताएको थिएँ । १० दिन पूर्णरुपमा आर्यमौन बसेर, एक छाक खाएर विपश्यना ध्यान शिविरमा बसेको थिएँ । फोन, किताब, पत्रपत्रिकादेखि टाढा भएर नबोलिकन बस्नु पनि ठूलै सजाय हुँदोरहेछ भन्ने महसुस गरेँ ।

अघिसम्म आफूलाई लागेका कुरामा बढी केन्द्रित थिएँ । अब चाहि ठ्याक्कै आफ्ना कुरा भन्न लागिरहेछु । २०६२ सालमा बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रमा १२ दिन बिताएको थिएँ । १० दिन पूर्णरुपमा आर्यमौन बसेर, एक छाक खाएर विपश्यना ध्यान शिविरमा बसेको थिएँ । फोन, किताब, पत्रपत्रिकादेखि टाढा भएर नबोलिकन बस्नु पनि ठूलै सजाय हुँदोरहेछ भन्ने महसुस गरेँ । तर, ध्यान सकिएको दिनको अलौकिक आनन्द शब्दमा वर्णन गर्न नसकिने थियो । अहिले सरकारले नै लकडाउन गरेपछि बोलेर, पढेर, दुईमात्र नभई चार छाक खाए पनि बाहिर निस्कन नपाउँदा सकस त हुँदो रहेछ । तर, यसलाई सहज बनाउन पनि सकिने रहेछ । घरको काम गर्ने, खेतीपाती गर्ने, पढ्ने, राम्रा फिल्म हेर्ने, अधुरा कामहरु गर्ने, घरैमा बसेर गर्न सकिने अनेक कामहरु गर्न सकिने रहेछ ।

शुरुका एक/दुई दिन अलि बढी समय बिताउन गाह्रो भए पनि पछि बानी पर्दै गयो । यो खाली समयलाई सक्दो सदुपयोग गरियो । खासै बोरिङ फिल हुन दिइएन । वर्षौदेखि थुप्रिएका पत्रिकाहरुलाई छाँटकाँट गरियो । राम्रा–राम्रा फिल्महरु हरियो । ‘चल्क एण्ड डस्टर’ फिल्म दोहोर्‍याएर हेरे । बडो राम्रो फिल्म हो यो । कंगना रणावतको ‘पंगा’ हेरे, राम्रो लाग्यो । भारतमा बालबालिका हराउने विषयको सत्यघटनामा आधारित ‘लायन’ फिल्म हेरियो । गज्जब लाग्यो । अभिनय यति राम्रो छ कि, जो कोहीको दिमाग हल्लाउन सक्षम छ । यस्तै अरु दुई/तीन वटा फिल्म हेरेँ । नेपाली फिल्म ‘पोइ पर्‍यो काले’ र ‘पञ्चेबाजा’ पनि हेरेँ । खासै राम्रो लागेन । ‘कबड्डी कबड्डी कबड्डी फेरी हेरेँ । मज्जा आयो । ‘कोमा’, ‘कर्णाली दख्खिन बग्दो छ’, ‘सुइना कर्णाली’ ‘बाथटब’, ‘ताराबाजी लै लै’ नाटक हेरियो ।

संसारमा अहिले जे जति घटनाहरु भईरहेका छन् महाभारतको पुनरावृत्तिमात्र हो ।

कोठाको र्‍याकभरि किताब भए पनि पढ्न मन लागेन । पढ्न बाँकी किताबहरु पनि धेरै छ । तर, पनि पाना पल्टाउन जाँगर चलेन । अब पढ्न अलि अल्छि भइएछ कि जस्तो लाग्यो । एकान्तवासका यी दिनहरुले मलाई कोरोना आतङ्कबाट मुक्त मात्र गराएनन्, विश्वको सर्वकालिक महान् कृति र त्यस कृतिउपर बनेको सुन्दर धारावाहिक ‘महाभारत’सँग परिचित गराइदिएको छ । म अचेल महाभारत हेरिरहेछु । महाभारतका पहेली केलाउन दिभाग खर्च भइरहेको छ । पहिले कतै कतै टुक्राटाक्री अंश मात्र पढिएको थियो । यसरी लगनको साथ श्रंखला नै हेरिएको थिएन । यो मौका कोरोनाले जुराईदिएको छ । भनिन्छ, संसारमा अहिले जे जति घटनाहरु भईरहेका छन् महाभारतको पुनरावृत्तिमात्र हो । अर्थात्, महाभारतमा भइसकेका घटनाहरु नै दोहोरिएका हुन् । त्यसैले पनि महाभारतको गहन अध्ययन हुनु आवश्यक छ भन्ने पहिलेदेखि लागे पनि बल्ल साइत जुर्‍यो ।

भनिन्छ, जिउ रहे घिउ खान पाइन्छ । जिन्दगी लामो छ । अहिले आफू पनि सरक्षित रहौँ, अरुलाई सुरक्षित बनाऔँ । चिन्ता लिन भन्दा पनि सकारात्मक सोचौँ । जीवनप्रति उत्साह जगाउने प्रवचन, संगीत सुनौँ । बस्यो खायो, खायो बस्योको अबस्थाले तौल बढाउने चिन्ता छ । केही कामहरु डामाडोल भएको छ । संसारै डामाडोल भएको बेलामा मेरामात्र काम रोकियो भनेर पिरलो लिने कुरो भएन । चिन्ता लिएर काम छैन । भनिन्छ ‘हुने हार–दैब नटार’ । गीताको सार छ, ‘जे होला राम्रै होला’ । त्यसैले कोरोनासँग नडराऔँ, सचेत बनौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top