२०७७, १३ आश्विन मंगलवार

विदुर नगरपालिकामा ३० शय्याको क्वारेन्टाइन तयार, एकलाई राखियो

डबली खबर     चैत्र १३ २०७६ १५:४५



novel corona covid 19 quarantine trishuli bidur municipality

विदुर – विदुर नगरपालिकामा ३० शय्याको क्‍वारेन्टाइन तयार पारिएकाे छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार विदुरनपाको वडा नम्बर १ त्रिशुलीमा रहेको शैक्षिक तालिम केन्द्रमा २० र त्रिशूली क्लिनिक जनसेवा अस्पतालमा १० वटा क्‍वारेन्टाइन तयार पारिएको नगर प्रमुख सञ्जु पण्डितले जानकारी दिए ।

कोरोनाको संक्रमण भएको देशबाट आएका व्यक्तिहरुको स्वास्थ्य सुरक्षा र समभावित जोखिम फैलन नदिन त्रिशूली क्लिनिकमा महिला र तालिम केन्द्रमा पुरुष मात्र राखिने नगरप्रमुख पण्डितले जानकारी दिए ।  गत चैत्र ४ गते दुवईबाट एअर अरेबियाको विमान चढेर नेपाल आएका विदुर नपा-५ पिपलटारका एक युवकलाई क्वारेन्टाइनमा राखिएको पण्डितले जानकारी दिए । न्युनतम १४ दिन क्वारेन्टाइनमा सुरक्षित राखेपछि मात्रै घर पठाइने छ ।

अहिले नगरमा विदेशबाट घर आएका र सम्पर्कमा आएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको जनाइएको छ । सबैलाई आआफ्नै घरमा समयसमयमा स्वास्थ्यकर्मीको निगरानी हुने गरी क्वारेन्टाइनमा राखिएको हो ।

कोरोना सम्बन्धि शंका लागेमा स्वास्थ्य अधिकृतको मोबाइल नम्बर ९८५१०१३०३८ मा सिधै सम्पर्क गरी सोधपुछ गर्न सकिने छ । कोरोना  लागेको शंका लागेमा स्वास्थ्य चेकजाँच गर्न आउँदा बिरामी स्वयंले एम्बुलेन्सको खर्च व्यहोर्नु पर्ने छ भने कोरोना भाइरसको सङ्क्रमण लागेको पुस्टि भएमा सरकारले नै उपचार गर्ने भण्डारीले जानकारी दिए ।

एम्बुलेन्स सहजताका लागि एम्बुलेन्स चालक सिताराम ओली ९८५६०७३३१०/९८१७१६८०२५ र निकेश कुमार भट्टराई ९८४१८७७४६४ र दिपक भुजेल ९८४१८२३६००/९८१०१६२४४७ मा सम्पर्क गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top