२०७७, ४ आश्विन आईतवार

राष्ट्रिय सहकारी दिवसमा सहकारी सदस्यहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन आग्रह

डबली खबर     चैत्र ९ २०७६ १९:५३



district cooperative union nuwakot press release coronavirus covid-19 2020

विदुर – जिल्ला सहकारी संघ नुवाकोटले आगामी चैत्र २० गते मनाईने “मर्यादित श्रम र पर्यटनका लागि सहकारी” भन्ने मूल नारासहित ६३ औं राष्ट्रिय सहकारी दिवसमा आफ्ना सहकारी सदस्यहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै स्वास्थ्य सरसफाई कार्यक्रमहरु गर्न आग्रह गरेको छ ।

आईतबार प्रेस विज्ञप्ती जारी गर्दै संघले विश्व स्वास्थ्य संगठनले विश्व माहामारी घोषण गरेको कोरोना भाईरस (कोभिड १९) को सम्भावित जोखिम नियन्त्रण र सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित सम्पूर्ण सहकारीहरुका सदस्य तथा कर्मचारीहरुमा सङ्क्रमण नहुने उपायहरु अवलम्बन गर्न र सो सम्बन्धि जनचेतना अभिवृद्धिका साथै मास्क तथा सेनिटाईजरको प्रयोग गर्न भनिएको छ ।

जिल्लास्थित सहकारी संस्थाका सबै सदस्यहरुलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न उपभोक्ता सहकारीहरुलाई अत्यावश्यक वस्तुको आपूर्ति र वित्तीय सेवा प्रवाह गर्न भोलि चैत्र १० गतेदेखि अर्को निर्णय नभएसम्मको लागि आंशिक रुपमा बिहान १० बजेदेखि १ बजेसम्म सहकारी कार्यालय खुला गरी सेवा प्रदान गर्न भनिएको छ ।

सरकारको अर्को निर्णय नभएसम्मको लागि संघको कार्यालय भोलिदेखि बन्द रहने र आवश्यक अवस्थामा निर्णय लिन संघका संचालकहरुको सहमतिमा सेवा प्रदान गरिने संघका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । आफ्ना सदस्य संस्थाहरुलाई भिडभाड हुने खालका कार्यक्रमहरुको आयोजना नगर्न, नगराउन आग्रह गर्ने निर्णय गरिएको संघका जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कठिन परिस्थितिमा समुदायको प्रत्यक्ष संलग्नता रहेको सहकारी क्षेत्रको विशेष भूमिका रहने हुँदा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरि भिडभाड नगर्न, कालोबजारीलाई रोक्न सम्पूर्ण सहकारीलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top