२०७७, १२ आश्विन सोमबार

कोरोनामुक्त भइ एक जना घर फर्किए

डबली खबर     असार २५ २०७७ १३:०३



corona virus covid 19 affected one people discharged from kharanitar hospital nuwakot tadi

खरानीटार, नुवाकोट – बिहिवार तादी गाउँपालिकाको खरानिटार अस्पतालमा रहेको आइसोलेसनबाट एक जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।

तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेका अनुसार खरानीटार अस्पतालको आइसोलेशनमा २७ दिन उपचार पश्चात् १९ बर्षिय पुरुष निको भएर घर गएका छन् । पछिल्लो पटकको पिसिआर परिक्षणमा उनको रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको हो । उनी अब १४ दिन होम क्वारान्टाइन बस्नेछन् ।

coronavirus covid-19 update infographics data nuwakot

हालसम्म नुवकाेटमा २८ जना कोरोना संक्रमित भएका छन् भने १७ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top