विदुर, नुवाकोट – तादी गाउँपालिकाको खरानीटार अस्पतालको आइसोलेशनमा उपचारत दुई महिला कोरोना मुक्त भइ घर फर्केका छन्।
पिसीआर परीक्षणमा निगेटिभ देखिएपछि बिहिबार १९ र ५५ बर्षिया दुवै महिला अस्पतालबाट डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए ।
डिस्चार्ज भएकाहरुलाई तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेले अस्पतालबाट बिदाई गरेका छन्। डिस्चार्ज भएसँगै उनीहरु थप १४ दिन घरमै होम क्वारेन्टाइनमा बस्न पर्नेछ।
यस्तै बुधबार नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक पुरुष कोरोना निको भइ घर फर्किएका छन् । कुवेतबाट आएपछि असार १२ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उनी भर्ना भएका थिए।
हालसम्म नुवाकोटमा २३ जना संक्रमित भएका छन् भने ११ जना निको भइ घर फर्केका छन् । यस्तै १२ जना आइसोलेशनमा उपचारत रहेका छन् । क्वारेन्टाइनमा दुइ सय २५ जना र दुइ सय ९५ जना होम क्वारेन्टाइनमा बसिरहेका छन्।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया