२०७७, १३ आश्विन मंगलवार

सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा स्थानीयतहको भूमिका बिषयक अन्तरक्रिया

डबली खबर     पुष ५ २०७६ १२:५४



cooperative sahakari nuwakot interaction program

देउराली – जिल्ला सहकारी संघको आयोजनामा म्यागङ गाउँपालिकामा सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा स्थानीयतहको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष आशा तामाङले पालिकास्थित सक्रिय १७ सहकारीलाई लक्षित गरी आयोजना गरिएको सहकारीहरुको प्रवर्द्धन, विकास र अनुगमनमा पालिकाले नीतिगत कार्यन्वयन गरिने बताउनुभयो ।

कार्यक्रममा पालिकास्थित सहकारीहरुको स्थानीय निकायको भूमिका बारेमा जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले जानकारी गराउनुभएको थियो ।

संघका शिक्षा तथा तालिम उपसमिति संयोजक अर्जुन न्यौपानेले शिक्षा पद्दति तथा तालिमबाट सहकारीका संचालक र कर्मचारीहरुलाई सहकारी सिद्धान्त, ऐन नियम र विनियम अनुसार संचालन र व्यवस्थापन गराउने विषयक जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय सहकारी बैंकका रुपा प्याकुरेलले सहकारी बैंकबाट ऋण प्राप्ति विधिहरुबारे प्रकाश पार्नुभएको थियो ।

डिभिजन कार्यालयको अनुपस्थितिमा सहकारी संघले आफ्नो भूमिकालाई फराकिलो बनाएर कार्य गरिनुपर्ने र सहकारीको अनुगमन तथा प्रवर्द्धन गर्ने अधिकार संघलाई कानुनले दिएको छ ।

कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले विध्यमान समस्या र अन्यौलको जिज्ञासा राखेका थिए ।

संघका अनुसार जिल्लामा २ सय ५८ सहकारी सक्रिय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top