२०७७, १४ मंसिर आईतवार


Bachchhaladevi Suppliers

दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी अन्तरक्रिया

डबली खबर     फाल्गुन १५ २०७५ १९:२६


Trishuli Web Design Services in Nuwakot
chief guest kb upreti national cooperative bank interaction program in nuwakot

विदुर, नुवाकोट / राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय नुवाकोटको आयोजनामा सहकारी बैंक र सदस्य सहकारी संघ/संस्थाहरु बीच अन्तरक्रियामा सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीले नयाँ नेपाल निर्माणका लागि संविधानले एक महत्वपूर्ण खम्बाका रुपमा सहकारीलाई स्विकार गरेको अवस्थामा दिगो विकास लक्ष्य हासिल गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएकोछ । अध्यक्ष उप्रेतीले सहभागिहरुबाट उठाएका जिज्ञासाको सम्बोधन गर्दै स्थानियतहमा बैंकको सदस्यता र सेवा विस्तार, कर्जामा व्याजदरको कमि र सहुलियत कर्जाको स्पष्ट पार्नुभएको थियो ।

शाखा समन्वय उपसमितिका संयोजक तथा जिल्ला सहकरी संघका पुर्व अध्यक्ष वैकुण्ठ मिश्रले हकहित, उत्थानको लागि संधै केन्द्रित भएर कार्य गरिरहेको जानकारी गर्नुभएको छ ।

जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले संघ र संघका सदस्यलाई व्यवसायिक योजना तालिम अन्तर्गत बचत कारोबारका कार्यक्रम ल्याउन लागेको र संस्थाहरुलाई लिने व्याजदरभन्दा सहुलियत व्याज दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो   ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक नुवाकोटका शाखा प्रमुख पुण्यदेवी श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका पुर्व अध्यक्ष प्रकाश अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सहकारी दिगो विकासका लक्ष्यहरु के के हुन्?

भौतिक विकासको नाममा विनास भैरहेको तथ्यलाई सन् १९८७ मा बोध गरी दिगो विकासको अवधारणाको प्रतिपादन गरिएको हो । सन २०१५ मा भएको विश्वका १ सय ९० भन्दा बढि राष्ट्रहरु मिलेर समृद्ध विश्व निर्माणको लागि सन् २०३० सम्मको लागि १७ वटा दिगो विकासका लक्ष्यहरु निर्माण गरिएको छ ।

१) गरिबी निबारण— १.२५ डलर प्रतिदिन भन्दा कम आमदानी भएका व्यक्तिहरुको निवारण गर्नु ।
२) भुखमरीको अन्त— ९२५ मिलियन मानिसहरु भुखै बेडमा सुत्न जान्छन् ।
३) राम्रो स्वास्थ्य— राम्रो स्वास्थ्यको अभावले ११ बच्चाहरु प्रत्येक मिनेटमा मर्ने गर्दछन् ।
४) गुणस्तरीय शिक्षा— १७० मिलियन मानिसहरु प्राथमिक शिक्षाबाटै बाहिरिन्छन् ।
५) लैंगिक समानता— ७० प्रतिशत काम महिलाले गर्छन तर १० प्रतिशत मात्र आम्दानी गर्दछन् ।
६) स्वच्छ पानी र सरसफाई— धेरै व्यक्तिको हातमा मोबाइल फोन छ तर घरमा चर्पी छैन् ।
७) नविकरणीय उर्जा— १.१ मिलियन मानिसहरु विजुली विना बसोबास गर्छन् ।
८) राम्रो रोजगार र आर्थिक सम्वृद्धि— हाइटीमा प्रति घण्टा ६४ डलर कमाउछन् ।
९) औद्योगिकरण/नविनतम भौतिक संरचना— ग्रामिण समुदायमा बनेको झोलुङ्गे पुलले समुदायको ब्यापार १५ प्रतिशतले बढेको छ ।
१०) असमानताको अन्त्य— ८ व्यक्तिको हातमा विश्वको ३.६ विलियन जनसमुदायको धन छ ।
११) दिगो शहर र समुदाय— आधा मानिसहरु ग्रामिण भेगमा बसोबास गर्ने गर्दछन् ।
१२) जिम्मेवार खपत ।
१३) जलवायु प्रभाव— १—४ फिट सम्म समुद्री तह बेढेको छ ।
१४) पानी मुनिको जीवन— २.६ विलियन मानिसहरु समुदी खाना खाएर बाच्ने गरेका छन् ।
१५) जमिन माथिको जीवन ।
१६) शान्ति र न्याय ।
१७) लक्ष्यको लागि साझेदारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top