२०७७, १५ आश्विन बिहीबार

निरन्तर सहकारीले ऋणीलाई व्याज छुट दिने

डबली खबर     जेष्ठ २७ २०७७ १३:१९



cooperative sahakari news thumbnail for dabali khabar - leading news portal from nuwakot

त्रिशुली – निरन्तर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ऋणीलाई असारमसान्तमा व्याज बुझाउने सदस्यहरुलाई व्याजको १० प्रतिशत छुट दिने भएको छ ।

कोभिड-१९ को कारण सम्पूर्ण व्यापार व्यवसायमा परेको असरलाई मध्यनजर गर्दै सहकारीले संस्थाबाट ऋण लिएका ऋणीहरुलाई १० प्रतिशत छुट गरेको सहकारीका अध्यक्ष सत्तानन्द रिजालले जानकारी दिए।

सहकारीका व्यवस्थापक राजकुमार नापितले लकडाउनको अवस्थामा किस्ता र व्याज तिर्न दवाव नदिईने तर सावाँ, ब्याज तिर्नेलाई ब्याजमा छुट दिने निर्णय भएको जानकारी दिए ।

सहकारीले भुक्तानी गर्न बाँकी व्याज रकममा एकमुष्ट गरेमा ३ प्रतिशत छुट दिने निर्णय गरेको छ।चैत्रदेखि असारमसान्तसम्म भुक्तानी गर्न बाँकी हर्जाना समेतमा छुट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top