२०७७, १५ आश्विन बिहीबार

‘यो समय हामीले राज्यलाई विश्वास गर्ने हो’: बैकुण्ठ मिश्र

डबली खबर     बैशाख ६ २०७७ २०:०८



baikuntha mishra national cooperative bank nuwakot

लकडाउनको समयमा विशेषगरी म काठमाडौंमा रहेर परिवारसँग बसिरहेको छु । आफूले पाएका सुचनाहरु अरु समुदायलाई पनि भनेर सुरक्षितसाथ बसिरहेको छु । घरको व्यवस्थापनादेखि नियमित कामहरु, योगअभ्यास गर्ने, अनलाइन र विभिन्न सञ्चारमाध्यमबाट प्राप्त भएका सही सुचना समुदायस्तरसम्म पुर्‍याउने र यो संक्रमणपछि कसरी हामीले हामी र हाम्रो समाज सञ्चालन गर्न सकिन्छ भनेर पारिवारिक योजना र सामूदायिक योजना बनाउने काममा व्यक्त रहेको छु । सुचनाहरुको कुरा गर्नुपर्दा अहिले हामीले राज्यलाई विश्वास गर्नुपर्छ । राज्य संयन्त्रसँग जुन खालको स्रोत रहेको छ । त्यही स्रोतसँग विश्वास राख्ने र स्वास्थ्य मन्त्रालयले दैनिक गर्ने बुलेटिन, पत्रकार सम्मेलनबाट प्राप्त हुने सुचनालाई विश्वास गर्ने गरेको छु । सुरक्षित रहनको लागि विभिन्न संघसंस्थाले पनि सुचना प्रवाह गरिरहेका छन् । ती सुचनाहरुलाई पनि आधार बनाउने गरेको छु । केही स्वास्थ्यकर्मी र अन्तराष्ट्रिय अनुभवबाट प्राप्त सकारात्मक कुराहरु अध्ययन गर्ने र सम्प्रेषण गर्ने काम गरिरहेको छु ।

एक समुदायबाट अर्को समाजको मान्छे आउँदा सर्ने भएको हुँदा आफू जुन समाजसँग बसेको छ, त्यही समाजसँग बस्दा मात्रै बच्न सकिने एउटा मात्रै विकल्प भएको हुँदा लकडाउनलाई हामीले पालना गर्नुपर्छ ।

लकडाउनको प्राविधिक विषयवस्तुको बारेमा मलाई धेरै ज्ञान छैन । विश्व नै यो रोगको बारेमा अध्ययन अनुसन्धान गरिरहेका छन् । यसको विरुद्ध अहिले हामीले सामना गर्नपरेको अवस्था छ । यो अरु कुनै कारणले नसर्ने र मान्छे र मान्छेवीचको भेटघाटका कारणले मात्रै सार्ने र जनघनत्व बढी भएको ठाउँमा जाने कारणले सार्ने र एक समुदायबाट अर्को समाजको मान्छे आउँदा सर्ने भएको हुँदा आफू जुन समाजसँग बसेको छ, त्यही समाजसँग बस्दा मात्रै बच्न सकिने एउटा मात्रै विकल्प भएको हुँदा लकडाउनलाई हामीले पालना गर्नुपर्छ । अहिलेसम्म चिकित्सा विज्ञान र वैज्ञानिक रुपमा पनि यसको कुनै औषधि र खोप आविष्कार अन्वेषण मै रहेको छ । त्यसैले पनि कोरोना संक्रमितबाट बच्नको लागि विकसित देशहरुले पनि लकडाउन विधि नै अवलम्वन गरिरहेकाले हाम्रो जस्तो देशमा यो नितान्त आवश्यक छ ।

सरकारमा संलग्न केही व्यक्तिहरुले स्वार्थ सिद्ध गर्न खोज्लान् त्यो फरक कुरा हो तर, यो बेला भनेको नकारात्मक कुरा भन्दा बढी सरकारले गर्न खोजेको कामलाई सहयोग गर्नु आवश्यक छ ।

सरकारले कोरोना संक्रमण रोकथामको लागि जुन प्रयास गरिरहेको छ, यो महामारीको अवस्था हो । म सरकारलाई मात्र म भन्दिन, यसको लागि सरकार सबै एक हुन जरुरी छ । यस्तो बेला गर्भका साथ राज्य सञ्चालन गर्ने कुरा हुन्छ, त्यसमा केही नकारात्मक कुरा आउलान् । हाम्रो सरकारसँग भएको आर्थिक स्रोत, प्रविधि, भौतिक पूर्वाधारको हिसाबले राज्यले जुन काम गर्न खोजिरहेको छ । म सुरुवातदेखि नै खुशी छु । सरकारले जे छ, जे गर्न खोजेको छ, त्यसमा सन्तुष्ट छु । सरकारमा संलग्न केही व्यक्तिहरुले स्वार्थ सिद्ध गर्न खोज्लान् त्यो फरक कुरा हो तर, यो बेला भनेको नकारात्मक कुरा भन्दा बढी सरकारले गर्न खोजेको कामलाई सहयोग गर्नु आवश्यक छ । हामी राज्य भन्दा शक्तिशाली कोही छौँ भने हामीले राज्यलाई सही सुझाव दिन सक्छौँ यो बेला सबैले राज्यलाई सहयोग गर्ने नै हो । आफूसँग भए राज्यलाई स्रोत साधन पु-याउने र प्राविधि हस्तान्तरण गर्ने हो ।

जिल्लाका स्थानीय स्थानीय सरकारहरुले पनि स्थानीय स्रोत र साधनले भ्याएसम्म पूर्व तयारी गरिरहेको सुचना मैले पाएको छु । मैले हरेक पालिकासँग सम्वन्धित व्यक्तिहरुसँग कुरा गरिरहेको छु । मेरो गाउँपालिका पञ्चकन्याले खाद्य बैंकको स्थापना गरेर जिल्लामै उदाहरणीय काम गरेको छ । त्यसको लागि म पालिकालाई धन्यवाद दिन चाहन्छु । प्रमुख प्रशासकीय अधिकृतले सबै राजनीतिक दल र सरोकारवालासँगको समन्वय राम्रो रहेको छ ।

स्थानीय तहको राहत वितरणमा केही समस्या देखिएको छ । हामी राहत पाइन्छ भनेपछि सबै हुल बाँधेर जाने चलन रहेको छ । राहत जसलाई आवश्यक छ, त्यसैले मात्र लिने हो । हामीले बुझ्न नसक्दा राहत वितरण गर्नै समस्या उत्पन्न भएको छ । विदुर नगरपालिकामा नगरपालिकाले राहत वितरण गर्न नसक्ने अवस्था सिर्जना भएको छ । जिल्लास्थित संचालित इट्टाभट्टा, क्रसरसहित विभिन्न क्षेत्रमा काम गर्ने मजदुरको संख्या धेरै भएकाले सम्बन्धित व्यवसायीसंगको समन्वयमा संघीय सरकार वा प्रदेशस्तरबाट भएपनि यो समस्याको समाधान गर्नु जरुरी भएको छ ।

हाम्रो घरमा २० मुरी चामल हुँदाहुँदै ५ किलो चामल माग्न जाने हाम्रो स्वभावले साँच्चै विपन्न र खान नपाउनेलाई कस्तो असर पार्छ होला हामीले सोच्नुपर्दैन ? स्वास्थ्यको हिसावले क्वारेनटाइनको हिसावले स्थानीय सरकारले गरेका तयारीहरु ठीक छन् ।

कोरोना भाइरस मुक्त देश घोषणा भएपछि सबै मिलेर आत्मनिर्भर बनाउने योजना बनाउनुपर्ने छ ।

तत्कालीन रुपमा सहकारी र निजी क्षेत्र तथा राज्यले अहिले स्वास्थ्यकर्मीले दिएको निर्देशन पालना गरेर बस्ने सबै नागरिकको पहिलो कर्तव्य हो । नजानेका र नबुझेका नागरिकलाई सम्झाउने बुझाउने काम निजी क्षेत्र, संघसंस्था र समुदायको हो । जो बुझेर पनि बुझ्रुक बनेका छन् उनीहरुलाई सुरक्षा निकाय परिचालन गरेर भएपनि नियन्त्रणमा लिएर उनीहरुलाई व्यवस्थापन गर्नुपर्छ । आफ्नो स्थानीय तहमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कसरी आत्मबल उच्च बनाएर नागरिकको सेवामा खटाउने र उनीहरुलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर सबैले मिलेर काम गर्नुपर्छ । त्यसपछि कोरोना भाइरस मुक्त देश घोषणा भएपछि सबै मिलेर आत्मनिर्भर बनाउने योजना बनाउनुपर्ने छ । विश्वमै अव आर्थिक मन्दी हुनेछ । अर्थतन्त्रमो नकारात्मक असर देखिने हुँदा नेपालले आफू कसरी उत्पादनमुखी व्यवसायमा अघि बढ्न सक्छ भनेर अव योजना बनाउनु आवश्यक छ । किनभने अहिले विभिन्न कामको सिलसिलामा अन्यत्र गएकाहरु पनि गाउँमै रहेका छन् यस्तो अवस्थामा नेपालमै रोजगारी सिर्जना गर्न सकियो भने विदेश जाने र नेपालमै पनि आफ्नो जिल्ला बाहिर रोजगारीमा जानेहरुलाई आकर्षित गर्न सकिन्छ । ४० लाख भन्दा धेरै श्रमिकको रुपमा रहेका नागरिकलाई नेपाल ल्याउन बाँझो जमीनलाई प्रयोगमा ल्याइ यही रोजगारी सिर्जना गर्नको लागि र भावी सन्ततीको लागि स्वास्थ्य, शिक्षा र सञ्चारको माध्यमबाट अघि बढ्नुपर्छ ।

राष्ट्रिय सहकारी वैंकका संयोजक  तथा जिल्ला सहकारी संघ, नुवाकोटका  निवर्तमान अध्यक्ष मिश्रसँग कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top