२०७७, १३ आश्विन मंगलवार

प्रभु बैंकले दियो तारकेश्वर गाउँपालिकालाई पीपीई

डबली खबर     चैत्र २८ २०७६ १९:३३



ppi handover to chairman ramesh wasti

विदुर – प्रभु बैंकले कोरोनाभाईरस रोकथाम तथा उपचारमा सहजता तुल्याउनको लागि तारकेश्वर गाउँपालिकाकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना विरुद्धको अभियानमा खटिने स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा अपनाउनका लागि बैंकले १७ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सामाग्री हस्तान्तरण गरेको हो ।

सांसद नाराणयणप्रसाद खतिवडा र जिल्लाका प्रहरी प्रमुख अवीनाराणयण काफ्लेको उपस्थितिमा पालिकाका अध्यक्ष रमेशबहादूर वस्तीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत भूमिका निर्वाह गरेको र कोरोना संक्रमण रोकथाम तथा उपचारमा उपलब्ध गराईएको स्वास्थ्य सामग्रीले सहयोग पुग्नेछ भन्ने बैंकको विश्वास छ ।

उक्त सामग्री अर्थ पथ डटकमका सम्पादक विष्णु तारुकेको पहलमा उपलब्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top