२०७७, ७ आश्विन बुधबार

ऋण तथा जोखिम व्यवस्थापन तालिम

डबली खबर     मंसिर २१ २०७५ १५:११



national cooperative bank nuwakot

विदुर, नुवाकोट / राष्टिय सहकारी बैंक लि. शाखा कार्यालय नुवाकोटको आयोजनामा ३ दिने ऋण तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

तालिममा बैंकका कर्जा विभागका विभागीय प्रमुख प्रमोदकुमार घिमिरे, शिक्षा तथा तालिम विभागका अधिकृत मिना कुमारी शर्मा, आन्तरिक लेखा विभाग अधिकृत रामकुमार तिमिल्सिना र काठमाण्डौ, गोंगबु शाखाका शाखा प्रमुख विनोद भट्टराईले सहजीकरण गर्नुभएको थियो |तालिममा कर्जा लगानी व्यवस्थित, सुरक्षित र जोखिममुक्त र कर्जा लगानीमा हुने जोखिमहरुको व्यस्थापन लगायतका विषयमा जानकारी दिईएको थियो । तालिममा नुवाकोटका ३३ वटा सहकारीको सहभागिता रहेको शाखा प्रमुख पुण्य देवि श्रेष्ठले जानकारी दिनुभएकाे छ ।

तालिममा बैंक शाखा समन्वय उप-समितिका संयोजक बैकुण्ठ मिश्र, जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top