२०७७, १३ आश्विन मंगलवार

वडामै पुगेर प्रभु बैकले वितरण गरियो भत्ता

डबली खबर     आश्विन २२ २०७५ २१:१६



नुवाकोट / विदुर नगरपालिकाले प्रभु बैंकको सहकार्यमा जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गर्न सुरु गरेको छ ।

विनपा-१२ स्थित चैनपुरका वृद्धवृद्धालाई मासिक २ हजार गरी चार महिनाको एकमुष्ट रकम ८ हजार रुपैंया भत्ता वितरण गर्नुहुँदै नगरप्रमुख सन्जु पण्डितले अब जेष्ठ नागरिक स्वमंले आफ्नै हातमा वडामै पाउने भएकोले अब सदरमुकाम धाईरहनु नपर्ने बताउनुभयो ।

प्रभु बैंकमार्फत् सुरक्षित तरिकाबाट जेष्ठ नागरिककै हातमै रकम पुर्याउने सुविधाले वृद्धवृद्धाको मुहारमा खुसी छर्न सफल भएको नगर उपप्रमुख गीता दाहालले बताउनुभयो ।

नगरपालिकाको सहकार्यमा नगरका वडा ३, ६, ७, ११, १२ र १३ नम्बरमा बैंकले भत्ता वितरण गरिने सम्झौता भएको प्रभु बैंकका बट्टार शाखा प्रबन्धक दिपक सिम्खडाले बताउनुभयो । त्यस्तै, वडासँगको सहकार्यमा सबै प्रक्रिया पुर्याएर वडामा रहेका ६ सय ५३ जेष्ठ नागरिकलाई दशैं अगावै भत्ता वितरण गरिने शाखा प्रबन्धक सिम्खडाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top