२०७७, ७ कार्तिक शुक्रबार


KC Fancy Store Nuwakot

मैलुङ–स्याफ्रुवेसी सडक अवरुद्ध

डबली खबर     असार २४ २०७६ १७:१४



mailung syapru sadak

विदुर / त्रिदेशीय छोटो मार्गको रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक अवरुद्ध भएको छ । अविरल वर्षाको कारण बन्द भएको सडक सञ्चालमा आएको एक दिनमै पुनः अवरुद्ध भएको हो ।

सडकको विभिन्न स्थानमा पहिरो गएपछि वर्षात्को समय भरी वेत्रावति हुँदै मैलुङ स्याफ्रुवेशी सडकमा सवारी साधन सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

वर्षातको समयभरी वेत्रावति कालिकास्थान धुन्चे हुँदै स्याफ्रुवेसी रसुवागढी मार्ग प्रयोग गर्न स्थानीय प्रशासनले यातायात व्यवसायीलाई आग्रह गरेको हो । वर्षातले वाढी आएर सो कच्ची सडकमार्गको ह्युमपाइप बगाएपछि अवरुद्ध भएको सडक सोमवारमात्रै सञ्चालनमा आएको थियो । बाढीले क्षति गरेको सडकमार्ग सोमबार दिउंसो मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।

सोमवार साँझ परेको पानीले वेत्रावति मैलुङ स्याफ्रुवेसी सडकको विभिन्न स्थानमा पहिरो गएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सपना भट्टराइले बताउनुभयो । नुवाकोट प्रहरीले पनि सो सडक खण्डमा यातायात सञ्चालन गर्दै आएका व्यवसायीलाई वैकल्पिक सडक मार्ग हुँदै रसुवागढी जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top