२०७७, ५ आश्विन सोमबार

श्रीराम ग्यासले दियो आगोलागी भई मृत्यु भएका परिवारलाई १० लाख रुपैंयाँ

डबली खबर     कार्तिक २२ २०७६ १७:५८



shriram gas udhyog providing insurance amount nuwakot

विदुर – खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुवावट भइ आगोलागी हुँदा मृत्यु भएका विदुर नगरपालिका वडा नम्बर ८ डिहीबजारका साईला मिजारको परिवारले बिमा बापतको रु.१० लाख रुपैयाँ प्राप्त गरेका छन् ।

श्रीराम ग्याँस उद्योगका प्रबन्धक ज्ञानबहादुर नापितले मिजारको छोरी सुन्तली मिजार र छोराहरु राजु मिजार र कृष्ण मिजारको नाममा रहेको उक्त रकमको चेक प्रदान गरेको श्रीराम ग्यासका नुवाकोटका आधिकारीक बिक्रेता सत्य साई डिस्ट्रीब्यूटरका प्रोपाईटर राजु बोगटीले जानकारी दिनुभयो ।

उनको गत बैशाख १८ गते घरमा सिलिण्डरबाट ग्यास चुवावट भई आगोलागी हुँदा सख्त घाईते भएका थियो । उपचारको लागि जिल्ला (त्रिशुली) अस्पतालमा लागिएको थियो । उनको काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा थप उपचारको क्रममा गत वैशाख २१ गते मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिए । कोठामा रहेको सम्पूर्ण सामानहरु पूर्णरुपमा नष्ट भएको थियो ।

ग्यास सिलिण्डर पड्केर कुनै क्षति भए बिमा कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था छ । यसका लागि सिलिण्डर खरिदको बील र विमाको बील पनि अनिवार्य उपभोक्ताले पेश गर्नुपर्ने श्रीराम ग्यास उद्योगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top