२०७७, १४ आश्विन बुधबार

अहिले जनप्रतिनिधिकै चर्चा छ

डबली खबर     जेष्ठ १० २०७६ २१:२९



tarkeshwaor mahila nuwakot

विदुर / अहिले दुई जनप्रतिनिधि चर्चाले सामाजिक सञ्जाल भरिएको छ । इटहरीका प्रमुख द्वारिकालाल चौधरी र नुवाकोट तारकेश्वर गाउँपालिकाकी उपाध्यक्ष तारादेवी रिमाल चर्चामा छन् । इटहरी उपमहानगरपालिका प्रमख चौधरी ‘भ्रष्ट’ कर्मचारीमाथि हातपातको आरोप लागेको छ भने नुवाकोटकी उपप्रमुख रिमालले भने प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोपको सामना गरिरहेकी छिन् । कर्मचारीमाथि भएको दुर्व्यवहारको भत्र्सना भइरहेको छ ।

घटनापछि नुवाकोटका कर्मचारीहरुले संयुक्त प्रेश विज्ञप्ती प्रकाशित गरी जनप्रतिनिधिबाट कर्मचारीप्रति गरिएको दुव्र्यवहारको छानविन गर्न माग गरेका छन् । नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका केन्द्रीय प्रतिनिधि पार्वती उप्रेती, नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष निलमकुमार भुषाल, नेपाल निजामति कर्मचारी संगठन नुवाकोटका अध्यक्ष बद्री भण्डारी र निजामी कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष मच्छिन्द्र नरसिंह प्याकुरेलद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा कार्य क्षेत्रमा खटिएका राष्ट्रसेवकमाथि उपाध्यक्ष जस्तो जिम्मेवार पदममा आसिन व्यक्तिबाट भएको हातपात र र्दुव्यवहारले कर्मचारीको सुरक्षा प्रकट भएको उल्लेख गरिएको छ ।

कर्मचारीहरुले शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानविन, सुरक्षा र घटनाका दोषीमाथि कारवाहीको माग गरेका छन् । तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष रिमालले भने प्रशासकीय अधिकृतले भनेको जस्तो आफूले हातपात नगरेको दावी गरेकी छन् । उनले सामान्य भनाभन भएको विषयलाई लिएर अधिकृत दाहालले आफ्नो चरित्र हत्या गर्न खोजेको बताएकी छिन् । प्रशासकीय अधिकृत दाहालले उपाध्यक्ष रिमालले आफूलाई दुर्व्यहारसहित हातपात गरेको बताएका छन् ।

केही महिनादेखि नै प्रशासकीय अधिकृतको भूमिका प्रभावकारी नभएको, पालिकामा प्राप्त हुने सुचनाबाट आफूलाई बञ्चित गराउनेलगायतका विषयमा उपाध्यक्ष रिमालले आपत्ति जनाउँदै आएको जानकारहरु बताउँछन् । विहीवार पनि अध्यक्ष रमेश ओस्तीले तोक लगाएका योजनामा रकम दिन सहमत भएको तर, उपाध्यक्ष रिमालले तोक ओदश लगाएका योजनामा रकम दिन नमिल्ने बताएपछि प्रशासकीय अधिकृत दाहाल र उपाध्यक्ष रिमालवीच वादविवाद भएको थियो ।

पछिल्लो समय जनप्रतिनिधिहरु प्रक्रियागत योजना छनौटमा भन्दा गोजीमा योजना कार्यकर्ता पोस्ने खालका योजना निर्माणमा लागेपछि स्थानीय तहमा यस्ता समस्याहरु दोहोरिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top