२०७७, १३ आश्विन मंगलवार

शिवपुरीमा योजना निर्माण बारे संवाद

डबली खबर     जेष्ठ ६ २०७६ ०९:३५



apsara thapa sambad shivapur nuwakot

शिवपुरी / नुवाकोटको शिवपुरी गाउँपालिकामा योजना निर्माणन तथा कार्यान्वयनमा देखिएका समस्याहरुको बारेमा आइतवार छलफल भएको छ ।

संवाद समूह नुवाकोटको आयोजनामा भएको संवाद कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले गाउँपालिकाले योजना निर्माण गर्न लागेको समयमा सञ्चालन भएको संवाद कार्यक्रमले आगामी दिनमा दीगो र प्रभावकारी योजना छनौट गर्न पालिकाको ध्यान पुग्ने धारणा राखे । अध्यक्ष थापाले गाउँपालिकाले आवधिक योजना तर्जुमाको गरिरहेको बताउँदै पालिकाले पाँच वर्षिय आवधिक योजना बनाएर लागू गर्न लागेको बताउनुभयो ।

स्थानीय सरकारले योजना निर्माण तथा कार्यान्वयनमा भोग्नु परेका समस्या पहिचान गरी ती समस्याको समाधान गर्ने उद्देश्यलेले संवाद कार्यक्रम सञ्चालन गरेको हो । आयोजित कार्यक्रममा गाउँपालिकाले आगामी वर्ष छनोट गर्ने योजना दीगो, ठूला योजना र प्राथमिकताको आधारमा छनौट गर्न सुझाव सहभागीहरुले सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले दीगो र प्रभावकारी योजना छनौटका साथै सबै बर्ग र समुदायलाई फाइदा पुग्ने खालका योजना सञ्चालन गर्न गाउँपालिकालाई सुझाव दिनुभयो ।

संवाद समूहले नुवाकोटको १२ वटै स्थानीय तहमा पुगेर स्थानीय तहले योजना निर्माणमा भोग्नु परेका समस्या, अवसर र चुनौतीहरुको साथमा स्थानीय तहले अवलम्वन गरेका राम्रा अभ्यासहरु आदानप्रदान गर्ने र चुनौतीको समाधानको लागि संवाद कार्यक्रम अघि बढाएको हो ।

कार्यक्रममा उपप्रमुख मञ्जु केसी, प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेले गाउँपालिकाको योजना निर्माण तथा कायान्वयनमा देखिएका समस्याहरुको बारेमा चर्चा गर्दै उपभोक्ता समितिमा महिला सहभागिता वृद्धि गर्नुपर्ने, दरवन्दी अनुसारको कर्मचारीको व्यवस्थापन नभएको, टुक्रे योजनाका कारण समस्या भएको वस्ता विषयवस्तु राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले गाउँपालिकाहरुले सञ्चालन गर्ने योजना तथा सेवा प्रवाह पारदर्शी र जवाफदेही हुनुपर्ने बताउँदै यसका लागि राम्रा अध्यास र चुनौती सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रशारण गर्न सुझाव दिए ।

जिल्ला समन्वय समिति नुवाकोटको समन्वयमा जिल्लाका १२ वटै स्थानीय तहमा देखिएका योजना निर्माण, कार्यान्वयन तथा समस्याहरु संकलन गरी साझा समस्याको समाधानको लागि सम्वन्धित क्षेत्रका विज्ञहरुसहित जिल्लास्तरीय संवाद कार्यक्रम सञ्चालन गरिने संवाद समूह नुवाकोटका क्लष्टर संयोजक सन्तोष खनालले बताए ।

सहभागीहरुले विकास निर्माणका कामहरुमा राजनीतिक प्रतिसोध नराखी गर्नुपर्ने र सबैलाई समेटेर योजना छनौट र कार्यान्वयन गर्न, प्राथमिकीकरणमा ध्यान दिई अनुगमनलाई प्रभावकारी बनाउनसमेत सुझाव दिएका थिए ।

जिल्लाका १२ वटै स्थानीय तहमा देखिएका योजना निर्माण, कार्यान्वयन तथा समस्याहरु संकलन गरी साझा समस्याको समाधानको लागि सम्वन्धित क्षेत्रका विज्ञहरुसहित जिल्लास्तरीय संवाद कार्यक्रम सञ्चालन गरिने संवाद समूह नुवाकोटका सदस्य रामकृष्ण भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top