२०७७, ११ आश्विन आईतवार

आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन फेरी अनिश्चित, क्याम्पस प्रमुखद्वारा क्याम्पस बन्दको घोषणा

डबली खबर     चैत्र ८ २०७५ ०५:४८



nuwakot adarsha multiple campus

विदुर / लामो समयपछि हुन लागेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन फेरी अनिश्चित भएको छ ।

१० वर्ष पछि चैत १० गतेको लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन क्याम्पस प्रमुखले चैत्र १२ गतेसम्म क्याम्पस बन्द गरेको सुचना टाँस गरेसँगै अनिश्चित बनेको हो । चैत १० गते निर्वाचन गराउनुपर्ने भएपछि क्याम्पस प्रमुख नारायणमान डंगोलले १२ गतेसम्म क्याम्पस बन्द हुने सुचना टाँस गरेको अनेरास्ववियुले जनाएको छ ।

स्वबियू निर्वाचन सम्पन्न गर्नको लागि गठन भएको निर्वाचन आयोगका पदाधिकारीले राजीनामा दिनु र क्याम्पस प्रमुखले क्याम्पस बन्द गर्ने सुचना टाँस गर्नुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगराउने पक्षमा क्याम्पस सञ्चालक समिति रहेको विद्यार्थी संगठनहरुको आरोप छ । विहीवार विहान क्याम्पसमा विद्यार्थी संगठनहरुले कालो व्यानर टाँगेर क्याम्पस प्रशासन र सञ्चालक समितिका अध्यक्षको गैरजिम्मेवारीपूर्ण कदमले क्याम्पस पढ्ने विद्यार्थीहरुको भविष्य अन्यौलमा रहेको स्ववियुका नेता सत्य रिमालले बताए ।

गत फागुन २९ गते हुने भनिएको स्वबियु निर्वाचन चैत्र १० गतेको लागि सारिएको थियो । क्याम्पसको स्ववियु निर्वाचनको लागि नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थी नेतावीच फरक मत हुँदा स्ववियु निर्वाचन पटक पटक स्थगित हुँदै आएका छ ।

यसपटक क्याम्पस प्रमुख र सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले स्ववियु निर्वाचन स्थगित मात्र नगराई विद्यार्थीहरुको पठन पाठक गर्ने अधिकारसमेत कुण्ठित गरेको भन्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीसहित केही विद्यार्थी नेताहरुले आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top