२०७७, १५ आश्विन बिहीबार

लोपोन्मुख भाषाको जगेर्ना जनसमुदायबाटै हुनुपर्ने: रोजिना राई

डबली खबर     माघ २ २०७५ १४:३७



vice president rojjina rai likhu rural municipality

कट्टीछाप, नुवाकोट/ नेपाल मगर संघको आयोजनामा लिखु गाउँपालिका-३ कट्टीछापमा माघेसंक्रान्तिको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम भएको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रोजिना राईले मगर समुदायमा धर्म, संस्कृति, कला र भाषाको जगेर्ना गर्न लागि अहिलेका पुस्ताले आफ्नो संस्कृति जोगाउन लागि पर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । धर्म, संस्कृति र पहिचानको लागि सबै समुदायका युवाहरुले जगेर्ना गर्नुपर्ने बताउनुभयो । लोपोन्मुख भाषाको जगेर्नाकाे लागि जनसमुदायबाटै हुनुपर्ने र गाउँपालिका पनि लागि पर्ने उपाध्यक्ष राईले बताउनुभयो ।

कार्यक्रममा तीन वृद्धालाई सम्मान गरिएको थियो । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले कला प्रस्तुत गरेका थिए ।

कट्टीछापमा ३ हल गोरु जुधे (फोटोफिचर)

फोटो: सुनील श्रेष्ठ/रामचन्द्र अगस्ती

माघेसंक्रान्तिको अवसरमा नेपाल मगर संघले गोरु जुधाई मेला गरेको छ  । कार्यक्रममा ३ हल गोरु जुधाईएको छ ।

ox fight nuwakot bullfight

यस वर्षबाट सुरु गरिएको गोरु जुधाई कार्यक्रम भएकोले व्यस्थापन त्यति राम्रो नभए पनि दर्शकको घुईचो लागेको थियो । गोरु जुधाउनको लागि भने पालिएको गोरुहरु थिएन । “एक हप्तामात्र अगाडी थाहा दिएको २० वर्ष भएको गोरु पालेको एउटा “पहँले” र अर्को “गजुवा” नाम राखेका लिखु गापा-३ कट्टीछापका गोरु धनी कृष्णप्रसाद गजुरेलले जानकारी दिए । “पहिलोपटकमा हारजितभन्दा पनि संस्कृति जोगाउनको लागि सहभागिता जनाएको हो” गजुरेलले बताए । वास्तवमा जुधाईभन्दा पनि जोत्नका लागि पालिएको थियो । अर्को वर्ष भने पुर्व तयारीका साथ गोरुलाई तयार गरिने गजुरेलले बताए । अर्का गोरु धनी कुमार रोक्का पनि सहभागिताको लागि भए नि कार्यक्रममा गोरु ल्याएको बताए ।

ox fight nuwakot kattichhap

गोरु जुधाईको समयभन्दा अगाडी गोरु धनीहरु आफै कुन गोरु कसको गोरुसँग जुधाउने भनि सल्लाह गरेका थिए । जब गोरु जुधाईको समयको घडी आयो तब दर्शकहरुको डर र कतुहल्ताले यताउती हेर्दै चनाखो भइ हेर्नलाई तम्तयार थिए । जब जुध्नको लागि दुई गोरु छोडियो । गोरुहरु जुध्न थाले । कट्टीछापको मैदानमा रौनक छाएको थियो । मैदान गुन्जायमान हुन थाल्यो । धुलो उड्न थाल्यो । बालबालिकाहरु डरले कराउन थाल्यो ।

केहि सेकेण्ड बित्न नपाउदै अर्को दुई गोरुको प्रवेश भयो । सल्लाह बमोजिम गोरुहरु मैदान उत्रिएन । गोरु धनीहरुले आतिएर मैदानमा ३ हल गोरु एकै चोटि छोडेपछि दर्शकहरुको भिड बिथालिन थाल्यो । गोरु पनि मानिसको भिड र कोलाहलले डराउन थाल्यो, भौतारिन थाल्यो । आयोजकले भिडलाई संययित हुन र गोरुलाई नियन्त्रणमा लिन गोरुधनी र स्वयंसेवकलागि बारम्बार अनुरोध गरिरहेका थिए । गोरुलाई बल्लबल्ल मैदानबाट पाखा लगाईयो । मैदानमै भएका गोरुहरु जुध्न थाल्यो, कोहि गोरुलाई गोरु लाग्न थाल्यो । कोहि दर्शकहरु हाँस्दै थिए कोहि डरले पाखा लाग्दै थिए । बालबालिकाहरुमा त्रास छाईरहेको थियो । गोरु धनी र स्वयंसेवक गोरु र दर्शक बचाउमा लाग्दै थिए । २० मिनेट नै नबित्दै गोरु जुधाई सकियो । आयोजक भने रातो गोरुले जित हासिल गरेको भनि फुकीरहेका थिए । यति कैमा कट्टीछापको गोरु जुदाई कार्यक्रम सकियो । “गोरु जुधाईको प्रतिस्पर्धा भएन”, “यस्तो जुधाई त हाम्रा बाजेले पालेका गोरुले जुध्छ” भन्दै कपडाको धुलो सफा गर्दै घरतर्फ लम्किएका थिए ।

माघेसंक्रान्ति गोरु जुधाई मेला मंगलबार नुवाकोटका तारकेश्वर गाउँपालिकाको तारुका चन्दनीका साथै बेत्रावति, घलेभन्ज्याङ, कट्टिछाप र शेराबगरमा गोरु जुधाइएको थियो। सदियौँदेखि प्रत्येक वर्ष माघे संक्रान्तिका दिन नुवाकोटको दक्षिणी भेगमा तारुकाको चन्दनीमा गरिएको गोरु जुधाउने मेला यसवर्ष २२ हल गोरु जुधाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top