२०७७, १० आश्विन शनिबार

शिवपुरीमा एकिकृत घुम्ती शिविर सुरु

डबली खबर     पुष २७ २०७५ २०:३९



citizenship distribute in shivapuri rural municipality camp

शेराबगर, नुवाकोट / सरकारी कार्यालयका सेवाहरु घरदैलोबाटै सेवा प्रदान गरिने उदेश्य अनुसार शिवपुरी गाउँपालिकाको शेराबगरमा दोस्रो दुईदिने एकिकृत घुम्ती शिविर सुरु भएको छ ।

शिविरको उद्घाटन गर्दै जिल्ला अधिकारी उद्धवबहादुर थापाले सरकारले प्रदान गरिने सेवा घरदैलोमा नागरिकको माग अनुरुप शिविर संचालन गरेको बताउनुभयो । कार्यक्रममा जिल्ला अधिकारी थापा र जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाद्वयले शिवपुरी गाउँपालिका-३ का रमेश तामाङ र वडा नम्बर २ का सदिक्क्षा श्रेष्ठलाई नयाँ नेपाली नागरिकता प्रदान गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले संविधान र एनमा उल्लेख भए अनुसार प्रतिनिधि, प्रदेश र स्थानीय तिनै तहका सरकारको जनप्रतिनिधिमार्फत् आजको दिनसम्म पूर्वाधार र कर्मचारीको कमिले गर्दा ग्रामिणभेगका नागरिकले सिहंदरबारबाट पाउने सेवा सुविधाहरु अब गाउँगाउँबाट प्राप्त गर्नुपर्ने उद्देश्य अनुरुप घुम्ती शिविर उदारणीय कार्य भएको धारणा व्यक्त गर्नुभयो । अशक्त, वृद्धवृद्धा र सदमुकामसम्म पुगेर सेवा लिन नसकिरहेका समुदायले समेत घुम्ती शिविरबाट लाभ लिन सकिने जानकारी दिनुभयो ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले शिविरलाई चाडपर्वको रुपमा मात्र नभई दैनिक गाउँघरमै जनताले सेवा सुविधा प्राप्त गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । एउटै कार्यको वडा, गाउँपालिका र जिल्लासम्म पुगेर सेवा लिनुपर्ने समस्या झेल्नु पर्ने बाध्यता भइरहेको हुनाले स्रोत र साधन जे जस्तो अवस्थामा छ त्यस्तैलाई जनताको घरदैलोमै गएर सेवा प्रवाह गर्नुपर्ने अध्यक्ष थापाले बताउनुभयो ।

शिविरमा जिल्ला प्रशासन कार्यालयले नयाँ नेपाली नागरिकता प्रमाणपत्र वितरण, नाबालक परिचयपत्र वितरण गर्नेछ ।  निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्रको लागि नामावली दर्ता गर्नेछ । जनस्वास्थ्यले डाक्टरसहितको स्वास्थ्य शिविर तथा नि:शुल्क औषधि वितरण गर्नेछ । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले घुम्ती शिविरमा सहयोग, सुरक्षाको प्रबन्ध र सुरक्षा सम्बन्धि जनचेतना कार्यक्रम गर्नेछ । कोष तथा लेखा नियन्त्रणले मदिरा बिक्रि वितरणको इजाजत पत्र वितरण, डिभिजन वन कार्यालयले वन र वन पैदावर सम्बधि जानकारी एवं परामर्श सेवा, कृषि ज्ञान केन्द्रले कृषि सम्बन्धि राय परामर्श र बिउ बिजन वितरण, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुको चेक जाँच एवं राय परामर्श, हुलाक कार्यालयले हुलाक टिकटको वितरण र घरेलु तथा साना उद्योग विकास समितिले व्यवसाय दर्ता तथा इजाजत पत्र वितरण तथा अनुगमन लगायतका सेवाहरु प्रदान गरिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top