२०७७, १५ आश्विन बिहीबार

सेनाले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ती

डबली खबर     मंसिर १४ २०७५ १९:१५



fnj nuwakot press release

विदुर / नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले एक विज्ञप्ती जारी गरी अध्यक्ष कपिलदेव खनाल र सचिव जगदीश खनालमाथी नेपाली सेनाले गरेको दुर्व्यवहारको विरोध जनाएको छ ।

आज दिउँसो करिब १२ बजे अध्यक्ष र सचिव द्वयलाई नुवाकोटको विदुरस्थित नेपाली सेनाको तालिम केन्द्र, मैथली तालिम केन्द्रका सेनाहरुले तालिम केन्द्र अगाडीको सडकमा लछारपछार गर्नुका साथै मोबाइल क्यामेरा जफत गरी भिडियो हटाएको घटना प्रति आपत्ति जनाएको हो ।

बिहिवार विदुरबाट बट्टारतर्फ जाँदै गरेका सचिव खनाललाई सेनाको तालिम केन्द्रको गेटमा बसेका सेनाहरुले भनेकै ठाउँमा मोटरसाईकल नरोकेको भन्दै अपशब्द प्रयोग गरी गाली गरेको र ‘ठिक पार्छु’ भन्दै गेटको ड्युटीमा रहेका जवानहरुले मोटरसाईकल र खनाललाई सडक किनारामा राखी बल प्रयोग गरेको विज्ञप्तीमा उल्लेख छ । उक्त घटनाको जानकारी पाए  लगतै घटनास्थलमा पुगेका जिल्ला अध्यक्ष कपिलदेव खनालले सचिवलाई बर्दीमा रहेका सेनाले सडकमै छातीमा समातेर लछारपछार गरिरहेको देखेर फोटो खिच्न थालेपछि ब्यारेकभित्र फोटो लिएको भन्दै मोवाइल क्यामेरा जफात गरी सेनाहरुले केही बेर नियन्त्रणमा लिएका थिए ।

गल्छी रसुवागढी केरुङ्ग अन्तर्राष्ट्रिय सडकमार्गको रुपमा विकास भएको पासाङ्ल्हामु राजमार्गको सडकखण्डमा सेनाले देखाएको अभद्र व्यवहारको समाचार संकलन गरिरहेको मोबाइल कब्जा गरेर भिडियो डिलिट गर्ने र बल प्रयोग गरी सार्वजनिकस्थलमा अध्यक्ष र सचिवलाई लछारपछार गर्ने घटना प्रेस स्वतन्त्रता विरोधी र सेनाको तानशाहको धङ्धङ्गी रहेको अध्यक्ष खनालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । बर्दीमै रहेका सेनाले सडकमा पत्रकारमाथि बल प्रयोग गर्ने र दुर्व्यवहार गरिरहेको भिजुअल खिच्नुलाई सुरक्षा निकायको संवेदनशिल क्षेत्रमा प्रवेश गरी फोटो खिचेको भन्दै अतिरञ्जित गरेकोमा पनि आपत्ति जनाएको छ ।

तालिम केन्द्रका सेनाहरुलाई सडक पार गराउदा सडक बन्द गर्दा सवारीसाधनका चालकहरुलाई सेनाबाट हुने गरेको दुर्व्यवहारको बारेमा सामान्य घटनाहरु यसअघि पनि सार्वजनिक हुँदै आएको छ । सेनाले सडक बाटो छेक्न राजमार्गमा राखेको ड्रमका कारण सवारीसाधन दुर्घटना भएका घटनाहरु पनि छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले जारी गरेको विज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top