२०७७, ११ आश्विन आईतवार

स्थानियतहको क्षमता सवलीकरण परियोजना

डबली खबर     मंसिर १४ २०७५ ११:२१



local-authorities-capacity-strengthening-project

विदुर / सामुदायिक विकास केन्द्र नेपालले म्यागङ र किस्पाङ गाउँपालिका क्षेत्रमा “स्थानियतहको क्षमता सवलिकरण” परियोजना सुरु गरेको छ ।

जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, स्थानीय सरोकारवाला र समुदाय लक्षित रहेको परियोजना अन्तर्गत मुख्य बाल संरक्षण, विपद व्यवस्थापन, स्वास्थ्य र खानेपानी तथा सरसफाई विषयगत क्षेत्रतर्फ ज्ञान अभिवृद्धि गर्ने अपेक्षित लक्ष्य रहेको छ ।

परियोजनाको कुल बजेट रु. ५५ लाख ९५ हजार ६ सय ७५ मा कार्यक्रम खर्चतर्फ रु. ५१ लाख ३७ हजार ३ सय र प्रशासनिक खर्च रु. ४ लाख ५८ हजार ३ सय ७५ रुपैंया रहेको छ ।

परियोजना तेरे दे जोमसँगको सहकार्यमा सोलिडारीटिटिडीएचको आर्थिक सहयोग रहेको परियोजनाको अवधि नोभेम्बर २०१८ देखि अक्टोबर २०१९ रहेको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top