२०७७, १४ आश्विन बुधबार

भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा स्मारक पार्क

डबली खबर     आश्विन १८ २०७५ १८:४७



goyenka group park nuwakot

विदुर, नुवाकोट / गत २०७२ वैशाख १२ को महाभूकम्प  र त्यसपछिको निरन्तर पराकम्पनबाट ज्यान गुमाएका र घाइतेको सम्झनामा नुवाकोटको विदुर नगरपालिका-४ हावाघरमा स्मारक पार्क निर्माण हुने भएको छ ।

नुवाकोट जिल्लामा आव २०७३/०७४ मा बिक्रि गरिएको परिणामको आधारमा गोयनका स्टिलबाट रु.६ लाख ३० हजार २ सय ५८ रुपैया ७० पैसा र गोयनका सिमेन्टबाट रु.२ लाख ८५ हजार ७ सय ७० रुपैयाँ गोयनका कम्पनीका बिनोद अधिकारीले नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको छ ।

नुवाकोटमा सर्वाधिक बिक्रि हुन सफल भएको गोयनका ग्रुपको स्टिल र सिमेन्ट डिलर तथा बिक्रेताहरुको सहकार्यमा सामाजिक उत्तरदायित्व कोष अन्तर्गत स्मारक निर्माण गर्न आर्थिक सहयोग गरिएको गोयनका ग्रुपका विनोद अधिकारीले बताउनुभयो ।

भूकम्पबाट ज्यान गुमाएका, घाइतेहरुको सम्झनामा स्मारक बनाउने योजनाको लागि आवश्यक तयारी र जनशक्तिसहितको व्यवस्थापन गरेपछि स्मारक निर्माण कार्य अघि बढ्ने संघले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष अप्सरा थापा, विदुर नगरपालिका-४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, नागरिक समाजका अध्यक्ष बाबुराम लामिछाने, नुवाकोट उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top