२०७७, १५ आश्विन बिहीबार

छैठौं राष्ट्रिय लाखेनाच प्रतियोगीतामा नुवाकोट दोश्रो

डबली खबर     आश्विन ६ २०७५ १३:२९



nuwakot lakhe samuha

विदुर / चितवनको नारायणघाटमा सम्पन्न भएको छैठौं राष्ट्रिय लाखेनाच प्रतियोगीतामा नुवाकोट दरबार लाखे समुह दोश्रो भएको छ । गत असोज ३ र ४ गते भएको दुई दिने प्रतियोगितामा नुवाकोट लाखे समुहले रु. ५० हजार नगदसहित ट्रफी, प्रमाणपत्र जित्न सफल भएको छ ।

लोक संस्कृति तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगितामा २५ जिल्लाका ४० वटा लाखे समुह सहभागी भएकोमा दोलखा लाखे समुह प्रथम, नुवाकोट लाखे समूह दोस्रो, चैनपुर लाखे समुह तेस्रो, काभ्रे लाखे समुह चौथो र सान्त्वनामा जाजरकोट लाखे समुह, भोजपुर लाखे समुह र खोटाङ लाखे समुह भएको थियो ।

हरेक दुई वर्षमा हुने प्रतियोगिताको २०७७ सालमा हुने सातौं राष्ट्रिय लाखे नाच प्रतियोगिताको लागि स्थान र मिति नतोकिएको लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालका कपिलराज श्रेष्ठले जानकारी दिनुभएको छ ।

नारायणगढ बसपार्क टोल सुधार तथा बस व्यवस्थापन समिति, नारायणगढले २०६४ सालमा पहिलो पटक यस लाखे नाच प्रतियोगिता शुरु गरेको थियो । यस वर्षबाट तीन वटा सान्त्वना पुरस्कार थप गरिएको थियो ।

प्रतियोगिता सुरु हुने दिन विभिन्न जिल्लाबाट आएका सहभागीले बुधबार बिहान अनेक भेषभुषामा सजिएर झाँकीसहित नारायणगढ बजार परिक्रमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top