२०७७, १२ आश्विन सोमबार

नुवाकोटमा यसरी मनाइयो संविधान दिवस (फाेटाे फिचर)

डबली खबर     आश्विन ३ २०७५ १७:४३



sambidhan diwas nuwakot

विदुर, नुवाकोट / आजकै दिन २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर नुवाकोटमा पनि संविधान दिवस मनाइएको छ ।

जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ अध्यक्ष रहेको “संविधान दिवस २०७५ जिल्ला समारोह समिति”ले बुधबार बिहान समितिको प्राङ्गणमा विशेष कार्यक्रम गरेकाे थियो । समारोहमा झण्डत्तोलन, नेपाली सेना र नेपाल प्रहरीद्वारा कवाज, नेपाली सेनाद्वारा रास्ट्रिय गीत गाएका थिए। साथै त्रिशुली लाखे समुहको झाँकी प्रदर्शनी र पन्चेबाँजा प्रस्तुत गरिएको थियो ।

त्यस्तै, जिसस प्रमुखको नेतृत्वमा विदुर नगरपालिका-४ बट्टार क्याम्पस र विदुर नगरपालिकाका नगरप्रमुख सन्जु पण्डितको नेतृत्वमा विदुर नगरपालिका-१ ढुगे चोकदेखि समारोहस्थलसम्म लाखे नाच, पन्चेबाजासहित प्रदेशसभा सदस्यद्वय हीरानाथ खतिवडा र केशव पाण्डे, प्रहरी, कर्मचारी, राजनितिकर्मी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागितामा प्रभातफेरी गरिएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटको संयोजनमा जिल्लामा रहेका कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राहरुलाई सहभागि गराई “नेपालको संबिधान २०७२ र सो को कार्यान्वयन” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्रमश: शंखरादेवि माविका विशाल खनाल प्रथम, भैरवी माविका सुमित्रा मिजार दोश्रो र बागेश्वरी माविका अस्मिता अधिकारी तेस्रो भएका थिए । विजयी हुनेहरुलाई प्रदेशसभा सदस्य केशव पाण्डेले क्रमशः रु.५ हजार, ३ हजार र २ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Nepal Sambidhan

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top